कञ्चनपुर : सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी गाँउपालिका १कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका लागि एक युवा व्यवसायीले जर्सी सहयोग गरेका छन । सातौँ खुला फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि बेलडाँडी १ लक्ष्मीटोलका स्थानीय समेत रहेका युवा व्यवसायी एव शाहीनुर युनिसेक्स सैलुन काठमाण्डौँमा रहेका नरेन्द्र बहादुर शाहीले आयोजक टिमका खेलाडीलाई जर्सी सहयोग गरेका हुन ।
अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि बेलडाँडी घर भई हाल काठमाण्डौँमा रहेका शाहीले गाँउको खेलकुद विकासका लागि आयोजक टिमलाई जर्सी सहयोग गरेको बताए ।
व्यवसायी समेत रहेका खेलकुदप्रेमी शाहीले आफ्नो गाँउठाँउमा भईरहेको प्रतियोगिता सफल पार्नका लागि सक्दो सहयोग गरेको जनाएका छन ।
अल स्टार युवा क्लबले ७ भदौँदेखि बेलडाँडी गाँउपालिका १ कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा खुला फुटबल प्रतियोगिता ०८१ आयोजना गरेको छ । यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक भौतिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।