राम जानकी मन्दिरमा गौराको चहलपहल बढ्दै


अमित प्रसाद भट्ट/ कञ्चनपुर: भीमदत्त नगरपालिका वडा नं.६ र ७ को सिमानामा अवस्थित श्री राम जानकी तथा सिद्धनाथ बैजनाथ मन्दिरमा आउदै गरेको गौरा पर्व २०८१ का अवसरमा चहल पहल बढ्दै गएको छ । मन्दिर संरक्षण समितिले यहि भाद्र १० गतेबाट सञ्चालन हुने. गौरा पर्वको आवश्यक व्यवस्थापकीय तयारी समेत गरि सकेको छ । पुरानो राम मन्दिरको ईट्टा, ढूंगा व्यवस्थापन, मन्दिर परिसर सम्याउने कार्य भइ सकेको छ । मन्दिर परिसर(फिल्ड) सम्याउने कार्यमा निःशुल्क जेसिवि उपलब्ध गराउने कार्य समाजसेवी दिपक भट्टले गर्नु भएको हो । मन्दिर परिसर भित्र बर्खे घाँस समेत स्थानीय महिलाहरुको सहयोगमा काट्ने कार्य सम्पन्न भएको मन्दिर संरक्षण समिति सचिव गौरी प्रसाद जोशीले बताउनु भयो । सुदुर पश्चिम क्षेत्रको परिचायकको रुपमा रहेको दाइना दमाहा बाजाको समेत आवश्यक मर्मत गरेर बजाउने कार्य समेत सुरु भइ सकेको मन्दिर समिति अध्यक्ष गोविन्द प्रसाद भट्टको भनाइ रहेको छ ।

हल्दुखालको गौराका नामले सुदुरपश्चिम क्षेत्रमै सुपरिचित यो मन्दिरमा गौरा मेला भर्न विभिन्न ठाउँबाट भक्तजन आउने गर्दछन । गौरा पर्व तथा धार्मिक मासकै क्रममा मन्दिरमा भजन किर्तन समेत प्रायः आयोजना भइरहन्छ । श्रावण महिनाको भजन भण्डाराको आर्थिक व्यवस्थापन गोवरैया निवासी भुवन चन्द र भाद्र १ गतेको भजन भण्डाराको आर्थिक व्यवस्थापन ऐठपुर निवासी पुष्कर चन्दले गरेको मन्दिर संरक्षण समिति पुर्व सचिव अमित प्रसाद भट्टले बताउनु भयो । भातृत्वको प्रवर्धन र सामाजिक एकताको संरक्षणका लागि राम मन्दिर संरक्षण समितिले विगतदेखिनै विभिन्न प्रकारका धार्मिक तथा सामाजिक कार्य गर्दै आएको छ । यसै २०८१ वैशाखमा नयाँ राम जानकी मन्दिरको भव्य उद्घाटन भएको छ भने सो अवसरमा वृहत धार्मिक कार्यक्रम आयोजना भएको थियो । राम मन्दिरको निर्माण तथा धार्मिक कार्यक्रमका लागि सहयोगी दानदाताको समेत उल्लेख्य भुमिका तथा योगदान रहेको संरक्षण समिति सचिव जोशीले बताउनु भयो ।

सहयोगकै क्रममा प्रदेश सरकार र स्थानीय सरकारबाट समेत आवश्यक बजेट व्यवस्थापन भएको छ । हाल मन्दिरमा विवाह मण्डपको समेत निर्माण कार्य चलिरहेको उपभोक्ता समिति संयोजक प्रेमवल्लभ भट्टले बताउनु भयो । गौरा लगायत विविध पर्व व्यवस्थापनमा युवाहरुको समेत ठुलो स्वयम्सेवा रहने गरेको छ । चाडवाडमय वातावरणको श्रृजना बेलुकी बेलुकी दाइना दमाहा बजाएर भइ रहेको छ । सरसफाइ लगायत सबै कार्य भइ विधिवत रुपमा २०८१ भाद्र १० मा गौरा पर्वको सुरु भइ उपयुक्त समयमा समापन हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img