मन्त्र अस्पतालले २४सै घण्टा नवजात शिशु तथा बालरोग विशेषज्ञ सेवा दिँदै


कञ्चनपुर : कञ्चनपुरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले अबदेखी चौबिसै घण्टा उत्कृष्ट नवजात शिशु तथा बालरोग विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ । नोवेल मेडिकल कलेज बाट एमबिबिएस र नेपलिज आर्मी ईस्टिच्युट अफ हेल्थ साईन्स (टियु) बाट एमडी पेड्रयाटिक्स अध्ययन गर्नु भएका अनुभवी डाक्टरले अब चौविसै घण्टा सेवा दिने भएका हुन् ।

साथै कञ्चनपुरमै अहिले एनआईसियु सेवा दिईरहेको अस्पतालले नवजात शिशु तथा बालरोग सम्बन्धि सम्पुर्ण सेवा,बच्चाहरुका लागी सघन सेवा –एनआइसियु, पिआईसियु, एसएनसियु) सेवा दिईरहेको अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले बताउनु भयो । साथै अस्पतालले अहिले पेट, मुटु छाती विशेषज्ञ जनरल तथा ल्याप्रोस्कोपी सर्जरी सेवा, हड्डी तथा नशा रोग, महिला तथा प्रसुती सेवा, अल्ट्रासाउण्ड सेवाहरु उपलब्ध गराईरहेको छ ।

साथै नाक,कान,घाँटी दन्त सेवा , मुख, अनुहार तथा बंगरा रोगको पनि उपचार भईरहेको छ । साथै अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, ईन्डोस्कोपी सेवा, ईको, पिटिए, माईनर तथा मेजर शल्यक्रिया पनि भईरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img