भीमदत्त नगरका महिलालाई क्षमता विकास तालिम सम्पन्न


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरका महिलालाई क्षमता विकास तालिम दिईएको छ । सुदूरपश्चिम पैरवी महिला सञ्जालका महिलाहरुलाई क्षमता विकास तालिम दिईएको थियो । उक्त तालिमको शनिबार एक कार्यक्तमका विच समापन गरिएको छ ।

संञ्जिवनी नेपालले डिसिएको सहयोगमा पैरवी महिला सञ्जालका महिलालाई जलवायु परिर्वतनले महिलामा परेको असर न्यूनिकरणका लागि क्षमता अभिबृद्धि तालिम लिईएको आयोजकले जनाएको छ । संञ्जिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले बिहीबारदेखि शुरु गरिएको क्षमता विस्तार तालिम शनिबार समापन गरिएको बताईन ।

उनका अनुसार पछिल्ला दिनहरुमा जलवायुमा भईरहेको परिर्वतनले महिलामा परेको असर न्यूनिकरणदेखि विपद्का बेला महिलालाई क्षमता अभिबृद्धिका लागि तालिम संचालन गरिएको बताईन । उनले तीनदिनसम्म संचालन हुने तालिममा २५ महिलाको सहभागिता रहेको बताईन । महिला अगुवा नेतृत्वकर्ता कञ्चन लामा मुख्य प्रंशिक्षक रहेकी थिईन । उद्घाटन तथा समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयनमा जोडदिईन।

प्रदेश सभा सदस्य भारतीले संञ्जिवनी नेपालले महिलाको क्षमता बृद्धि विकासका लागि थुप्रै भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएकी छिन । प्रदेशी संसद भारतीले सञ्जिवनी नेपालले महिलाका क्षेत्रमा गरिरहेको काममा आफ्नो तर्फबाट समेत सक्दो सहयोग गर्ने बचन दिएकी छिन ।


Loading Viewer...

ताजा समाचार

spot_img