कञ्चनपुर: पुर्चौडी समाज कञ्चनपुरले जेष्ठ नागरिक समाजलाई धार्मिक पुस्तक हस्तान्तरण गरेको छ । बिहीबार पुर्चौडी समाजले जेष्ठ नागरिक समाजलाई धार्मिक पुस्तक हस्तान्तरण गरेको हो । पुर्चौडी समाज कञ्चनपुरका उपाध्यक्ष माया नेगीले समाजको दोस्रो बार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकलाई रामायण महाभारत लगायतका धार्मिक पुस्तक अध्ययनका लागि हस्तान्तरण गरेको बताए ।

पुर्चौडी समाज कञ्चनपुरका अध्यक्ष बिरेन्द्र बहादुर ऐरले जेष्ठ नागरिक समाजका अध्यक्ष अमर बहादुर सिहलाई उक्त पुस्तक हस्तान्तरण गरेका थिए । भीमदत्त नगरपालिका ३नौलाखेत स्थित जेष्ठ नागरिक समाजकै कार्यालयमा पुगेर उक्त पुस्तक हस्तान्तरण गरेका थिए । पुर्चौडी समाजका अगुवा, पुर्व सिडियो तथा अधिवक्ता समेत रहेका शंकर बहादुर विष्टले ंसंचालन गरेको कार्यक्रममा पुर्चौडी र जेष्ठ नागरिक समाजका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।







