कञ्चनपुरमा राष्ट्रिय परिचय पत्र बनाउन समस्या खेप्दै नागरिक


रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा थप प्रविधि र कर्मचारी अभावका कारण सेवााग्रहीहरुले समस्या खेप्नु परिरहेको छ । जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउन आउने अधिकाशं सेवाग्राहीहरुले थप प्रविधि र कर्मचारी अभावका कारण समस्या खेप्नुपरेको हो। जिल्लाका टाढा टाढाबाट सेवा लिन आउने सेवा ग्राहीहरुले हप्ता दश दिन सम्म समेत काम नहुदा दैनिक जसो फर्कनु पर्दा नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन समस्या खेप्नुपरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष ०८१/ ८२ देखि समाजिक सुरक्षा भत्ता र पेन्सन खानका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि प्रशासनमा परिचयपत्र बनाउनेको दैनिक हजारौको संख्यामा भिडभाड बढिरहेको छ। सामाजिक सुुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गर्ने निणयसँगै कञ्चनपुरमा उच्च भिडभाड छ । सेवा लिनमा समस्या देखिएपछि गाउँघरका टाढा टाढाबाट आउने वृद्धवृद्धा बढि मार्कामा परेका छन् ।

दैनिक आउने सेवाग्राहीमध्ये आधा भन्दा बढि संखयामा राष्ट्रिय परिचयपत्र बनाउने हुन्छन् भने अन्य नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र शाखामा अहिले उच्च भिडभाड बढेसंगै नागरिकले सेवा लिनमा निकै कष्टकर समस्या खेप्नु परिरहेको छ ।सरकारले राष्ट्रिय परिचयपत्र बनाउँदा आफैले उपस्थिति भएर फोटो खिचाउनुपर्ने, फारम भर्नुपर्ने जस्ता बाध्यताले ज्येष्ठ नागरिक, अशक्त, बृद्वबृद्वा अझ बढि मारमा परेका छन् ।

उनीहरूले सुरुवातमै टोकन नपाउने, पाए पनि पालो नपाउने समस्या भएको दुखेसो पोखेका छन् । ज्येष्ठ नागरिक, अपांग, अशक्त, गर्भवती बढी मारमा पर्दै आएकाे भएपनि कार्यालयले खासै चासाे नदेखाउदा समस्या बढेकाे छ । शुक्लाफाँटा नगरपालिकाबाट आएएका पल्के लुहारले भने म दश दिनजति आएकाे भएपनि अहिले सम्म राष्ट्रिय परिचय पत्र बनाउन नसकेकाे बताए । यहाँ कर्मचारीले पनि वास्ता गर्दैनन, त्यसैमा उच्च भिडवाडले सधै जसाे फर्केर जानू परेकाे गुनासाे सुनाए ।

बेलाैरीकि सीता चाैधरीले भनिन `एक हप्ता भयाे म जिल्ला प्रशासन धाउने गरेकाे तर पनि मेराे काम हुन सकेकाे छैन, घरमा सानाे बच्चा छाेडेर आएकि छु, खै आजपनि हुन्छ कि हुदैन काम सायद फर्केर जानू पर्छ ।´ उनका अनुसार यहाँ कर्मचारी कम छन्, त्यसैले ढिला हुने गरेकाे सुनाईन् । आवश्यकता अनुसार कर्मचारी भईदिएकाे धए छिटै काम हुन्थ्याे, धेरै समस्या खेप्नु परेकाे चाैधरीले बताईन ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाका अनुसार अरुभन्दा राष्ट्रिय परिचयपत्र बनाउन फारम भर्नेको र कार्ड लिनेको भिड बढी रहेको बताए । उनले भने ‘हामिले राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागी ५ जना स्टेशन सहितको टिम राखेको छौ, जस मध्ये एउटा स्टेशन विग्रीएका कारण होल्डा राखिएकाले अहिले ४ वटा स्टेशनबाट मात्र काम भईरहेको बताउनु भयो ।’ जिल्लाका विभिन्न स्थानिय तहमा ५ वटा स्टेशनबाट काम भईरहेको बताउदै दैनिक रुपमा १२ देखि १४ सयको फारम दर्ता र तिन सय जति कार्ड वितरण हँुदा पनि अहिले नागरिकको चाप उच्च छ, ‘हामिले थप स्टेशन र कर्मचारी विभागलाई मागेको भएपनि नपठाईदिदा सेवा प्रवाहमा समस्या देखिएको प्रजिअ सापकोटाले बताउनु भयो ।’

हाल सम्म्म कञ्चनपुरका ९ वटा पालिका मध्ये ६ वटा पालिका भिमदत्त, पुनर्वास,बेलौरी, दोधारा चाँदनी, वेटकोट र शुक्लाफाँटा नगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान सम्पन्न गरिसकिएको छ । यस्तै बेलडाँडी गाउँपालिका र लालझाँडी गाउपालिकामा अभियान जारी रहेको र कृष्णपुर नगरपालिकामा मात्रै बाकि रहेको प्रजिअ सापकोटाले बताउनु भयो । जस मध्ये हाल सम्म जिल्ला भरीमा १ लाख ६८ हजार १ सय ९६ कार्ड जारी भएका, ७५ हजार ७ सय ४६ कार्ड वितरण भएका र ९२ हजार ४ सय ५० कार्ड बाकि वितरण गर्न बाकि रहेका छन् ।

राष्ट्रिय परिचयपत्र बनाउनेको उच्च भिडभाड भए संगै थप कर्मचारी अभावले गर्दा सेवा लिन आउने नागरिकले समस्या खेप्नु परेरहेको भएपनि त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिएको भने देखिदैन । सेवालाई थप प्रभावकारी र नागरिकलाई सजताका लागि प्रशासनले थप प्रविधि सहितको दक्ष कर्मचरी राखेर नागरिकले सजिलो ढंगले सेवा लिने बातावण मिलाउने पर्ने देखिन्छ ।


Loading Viewer...

ताजा समाचार

spot_img