कञ्चनपुर : स्वरोजगार व्यापार श्रमिक संघले कञ्चनपुर महेन्द्रनगरमा सरसफाई गरेको छ । नेकपा एमाले निकट जिफन्टको आबद्ध घटक नेपाल स्वरोजगार व्यापार श्रमिक संघले सरसफाई गरेको हो ।

जिफन्ट कञ्चनपुरका नेता उमेश पाण्डेयले स्वरोजगार व्यापार श्रमिक संघको २३औँ स्थापना दिवसमा सरसफाई गरेको बताए । यसैविच आइतबार स्वरोजगार व्यापार श्रमिक संघले भीमदत्त नगरपालिमा स्वरोजगार व्यापार श्रमिकको हक अधिकार कायम गराउन ज्ञापन पत्र बुझाएको थियो ।







