कक्षा १२ को नतिजा २०८० : रौलेश्वर बेलडाँडी पालिकामै प्रथम

कञ्चनपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो । गत बैशाख दोस्रो सातादेखि परीक्षा संचालन भएको कक्षा १२ को साउन १८ गते साझ परीक्षाफल प्रकाशित गरेको थियो।

कक्षा १२ को परीक्षामा बेलडाँडीको रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ । बेलडाँडी गाँउपालिकामा कक्षा १२ को परीक्षमा तीन मात्रै सामुदायिक विद्यालय सहभागि भएका थिए । उक्त तीन विद्यालयको तथ्याङ्क अनुसार रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ ।

बेलडाँडी गाँउपालिका २ रौलेश्वर माविले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल ६७ मा २६ विद्यार्थी उर्तिण भएका छन । एक मात्रै विषय लागेका २०, दुई विषय लागेका १६ र २ भन्दा बढी विषय लागेका ५ विद्यार्थी रहेका छन ।

बेलडाँडी गाँउपालिका वडा न. ४ वैवाहको सरस्वती जनता माविमा ६५ विद्यार्थीमा १४ विद्यार्थी उर्तिण भएका छन । सरस्वती जनता माविका प्रद्यानाध्यापक दिपक बुढाले ६५ विद्यार्थीमा १४ विद्यार्थी उर्तिण भएको बताए । प्रअ बुढाले बाँकी १ र २ विषय लागेका विद्यार्थीको विवरण निकाल्न बाँकी रहेको बताए ।

बेलडाँडी गाँउपालिका वडा न. ५ ईमलियाको गणेश माविका १० विद्यार्थी मध्ये २ मात्रै उर्तिण भएका छन । गणेश माविका प्रद्यानाध्यापक जनक थापाले विद्यालयबाट १० मध्ये २ विद्यार्थी उर्तिण भएको र बाँकी १ र २ विषय लागेका विद्यार्थीको विवरण निकाल्न बाँकी रहेको बताए ।

कक्षा १२ को मौका(पुरक) परीक्षा भाद्र २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारि गरेको छ। जसमा दुई विषय सम्म लागेका विद्यार्थीले मौका (पुरक) परीक्षामा सहभागी हुने छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् ।

नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।  २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए  भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ ।

माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो । यस अघिसम्म कक्षा १२ को नतिजा मात्रै उक्त निर्देशिका अनुसार सार्वजनिक हुँदै आएको थियो ।  २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा त्यही निर्देशिका अनुसार सार्वजनिक भएको थियो ।

ताजा समाचार