किसान नेता भीमदत्तपन्त र बलदेव राम स्मृति दिवश मनाईयो

कृष्णपुर : कृष्णपुर नगरपालीका वडा नं ४ स्थित शिबशान्ति टोलमा राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल जिल्ला कार्यसमिती कञ्चनपुरको आयोजनामा स्मृती दिवस मनाईयो । स्मृती दिवस मञ्चका जिल्ला अध्यक्ष  कर्ण बहादुर बानियाको अध्यक्षता एवम प्रमुख अतिथी कृष्णपुर नगरपालीका वडा नं ४ का वडा अध्यक्ष  धर्म बहादुर सिंह, अतिथीमा भूमिअधिकार मञ्चमा आबद्ध प्रदेश र जिल्ला मञ्च पदाधिकारी, अगुवा, सदस्य, सरोकारवाला निकाय, समाजसेबीको सहभागिता रहेको थियो ।
किसान नेता भीमदत्त पन्त र बलदेव रामको जिवनी पढेर, सुनेर सम्झेर, तस्बीरमा फुलटिका लगाई माल्यापर्ण गरि श्रद्धाञ्जली दिईयो । कृष्णपुर नगरपालीका, गुलरिया र सब डिभिजन बन कार्यालय बाणी कार्यालयले विभिन्न प्रजातीका बोटबिरुवा उपलब्ध गराई उहाको सम्झनामा फलफुल, मोरिङ्गा, गोल्ड मोर, कोईराल, डाले घाँस, लिप्टीस लगायतका बोटविरुवा शिबशान्ति टोलको नमुना नर्सरी र नवदुर्गा भगवती मन्दिर बृक्षरोपण गरी स्मृति दिवश मनाईएकोछ । साथै कैलाली, डडेल्धुरा, बैतडी जिल्लामा पनि भूमि अधिकारमञ्चको आयोजनामा विभिन्न कार्यक्रम गरी स्मृतिदिवश मनाईएको छ ।

किसान नेताको बारेमा मञ्चका प्रदेश मञ्चका सचिव राम बहादुर चुनारा भन्नुहुन्छ “ उनीहरुले भूमि तथा कृषि, गरिब,बिपन्न र किसानका अधिकार प्राप्तीका लागी आन्दोलनमा खेलेका महत्वपूर्ण योगदानलाई उजागर गर्न,े सम्झिन र सम्मान गर्न, उहाप्रतिको आस्थाकायम राख्न र उनले किसानको पक्षमा गरेको कामलाई बहसमा ल्याउन, समाजमा हाल बिद्यमान समस्या हल गर्न, गराउन, प्रकृतीको संरक्षण र त्यसको उपयोग गरी सबैलाई गरिखान सक्न बनाउन उद्देश्यले स्मिृती दिवस मनाउदै आएकाछौ । भूमि कृषिको समस्या समाधानका लागी स्थानिय, प्रदेश र संघिय सरकारलाई ध्यानार्कषण गराई दबाव सिर्जना गरी संविधान अन्र्तगत रहेका व्यवस्था तथा नेपाल सरकारका निती, ऐन, कानुन कार्यान्वयन गर्न÷गराउनका लागी दिवस मनाउदै आएकाछौ ।” कृष्णपुर नगरपालीका वडा नं ४ का वडा अध्यक्ष श्री धर्म बहादुर सिंह ले “भिमदत्त पन्त र बलदेब रामलाई हाम्रा अग्रजको रुपमा लिएर उहालाई आज हामी सम्झेकाछौ । उहाको बारेमा सुन्न र जान्न पाउदा हामीलाई गर्व हुन्छ । किसान र गरिब बिपन्नको बारेमा गरेको संघर्षलाई सफल बनाउन हामी जनप्रतिनिधीको तर्फबाट दिर्घकालीन काम गर्न खटिएका छौ । कृष्णपुरमा बसोबास गर्ने सबैलाई जग्गााको मालीक बनाउने हिसाबले जग्गा नापजाचको काम अगाडी बढाएकाछौ । यसमा सबैले आ–आफ्ना निकायबाट खटिन र जिम्मेवार हुन जरुरी छ ।

भन्नेमा जोड दिए” मञ्चले महत्वपुर्ण दिन स्मृती दिवसमा बोलाएको हार्दिक धन्यवाद दिदै दुवै किसान प्रति हार्दिक श्रृद्धाञ्जली अर्पण गर्दछु । युगौ युग सम्झीरहेनेछौ । भूमिअधिकार मञ्चकञ्चनपुरका अध्यक्ष कर्ण बहादुर बानिया भन्नुहुन्छ – “किसान नेताको सच्चा सम्मान गरेको तव मानिने छ, जवउनले उठाएको मुद्दा सम्बोधनहुनेछ । भूमिहीन, सुकुम्बासी, बाढीपिडित, हलिया, मुक्तकमैया आरक्षपीडित, ऐलानीबासी, र किसानले जग्गा र जग्गाको अधिकार पाउनेछन । पछिडिएका जाती, समुदायले न्यायपाउनेछन । गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्तपन्त र बलदेब रामलाई सम्मान गर्नु हो । ” यसका लागी तिनैतहका सरकारले जिम्मेवार भएर काम गर्न जरुरीछ । अधिकार प्राप्तीको अभियान रोकिएको ,सकिएको छैन, अभियान सकिने बिषयपनिहोईन । यो निरन्तर छ त्यसैले अधिकार प्राप्तीको लडाईमा संगठित अगुवाकार्यकर्ता, किसान नेता भिमदत्त पन्त र बलदेब राम जस्ता असल अगुवाहरुले देखाउनु भएको बाटोको अनुसरण गर्नुपर्ने भूमि तथा कृषि सुधारको अभियानमा संगठित सबैले गर्नुपर्ने आवश्यकता छ भन्ने कुरामा जोड दिनुहुन्छ –प्रदेश सचिव रामबहादुर चुनारा

ताजा समाचार