छोरीको जन्मदिनमा अनाथ बालबालिकालाई खाना

कञ्चनपुर :कञ्चनपुरको बेदकोट नगरपालिका ७सुडा मन्दिरपुरका एक दाम्पतीले छोरीको जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई खाना खुवाएका छन ।

बेदकोट सुडा मन्दिपुरका टेक बहादुर चन्द र जानकी चन्दले छोरी माल्भिका चन्दको जन्मदिनको अवसरमा महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकाहरुलाई खाना खुवाएका हुन ।

सुडाका अगुवा युवा समेत रहेका टेक बहादुर चन्दले समाजिक सेवाका लागि आफ्नो खुसीमा अनाथ बालबालिका सम्झिएको बताए । अनाथालयमा खानाका साथै फलफुल, मिठाई खुवाएर चन्द दाम्पतीले छोरीको जन्मदिन मनाएका हुन ।

ताजा समाचार