बाघको आक्र्रमणबाट दोधाराचाँदनीकी महिला हिराको मृत्यु

कञ्चनपुर : बाघको आक्र्रंमणबाट कञ्चनपुर दोधाराचाँदनीमा एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्र्रमणबाट दोधाराचाँदनी नगरपालिका २ चाँदनी कमलाशाही टोलकी अन्दाजी २३ बर्षिया महिला हिरा शाहीको मृत्यु भएको हो । बिहानै घाँस काट्न उखुबारीमा गएकी शाहीको बाघको आक्र्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले जंगली बाघको आक्र्रमणबाट घाँस काटन गएकी महिलाको मृत्यु भएको बताए ।

दुई दिन अघि मात्रै बाघको आक्र्रमणमा परेर शुक्लाफाँटा नगरपालिका ५ खजुवाकी ३० बर्षिया महिला मानमती साउद घाईते भएको दोस्रो दिन बाघले दोधाराचाँदनीमा आक्र्रमण गरेको छ । अहिलेपनि बाघ उखुबारीमै लुकेको छ । बाघको खोजिकार्यका लागि निकुञ्जबाट हात्ती मगाईएको छ । स्थानीयले बाघ नियन्त्रण गरेर चिडियाखानामा राख्न माग अपघ सारेका छन ।

तीन बर्षमा कञ्चनपुरमा बाघको आक्र्रमणबाट तीन महिलाले ज्यान गुमाएका छन । गत बर्ष ८ बैशाख ०८०मा उखुबारीमै घाँस काट्ने क्रममा बेलौरी नगरपालिका ८पचुईकी ४० बर्षिया गंगा चन्दको मृत्यु भएको थियो । त्यसको अधिल्लो बर्ष १० चैत्र ०७९मा पुनर्वास नगरपालिका १० विकासबस्तीकी ३५ बर्षिया कमला सार्कीको घाँस काट्ने क्रममा मृत्यु भएको थियो ।

ताजा समाचार