कञ्चनपुर: कञ्चनपुरको एक वडा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गरेको हो । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले उच्च शिक्षा अध्ययन गरिरहेका विपन्न समुदायका १० छात्रा विद्यार्थीलाई छात्रबृति वितरण गरिएको बताए ।

वडाध्यक्ष साउदले कृष्णपुर नपा २ घर भई नगरकै दुई क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नगद सामाजिक सुरक्षा कर काटेर ८ हजार ३३३ रुपैयाका दरले वितरण गरिएको बताए । बुधबार एक कार्यक्तमका विच उदय सरस्वती क्याम्पसका धर्मेन्द्र रोकाया, सुनिता चौधरी, उर्मिला जोशी, चन्द्रा भट्ट, पशुपती चौधरी र कञ्चन बहुमुखी पशुपती महरा, पार्वती ठगुन्ना, डम्बरा साउद, सुस्मिता कुमारी थापा र भागरथी भट्ट छात्रा विद्यार्थीलाई छात्रबृति वितरण गरेको छ । ‘हाम्रो वडामा बसोबास भएका विपन्न समुदायका विद्यार्थी जो उदय सरस्वती बहुमुखी क्याम्पस बंक र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा अध्ययनरत गर्दै आएका छन, उनीहरुलाई वडा कार्यालयबाट चालु शैक्षिक सत्रमा नगदै छात्रबृति दिएका छौँ, ‘उनले भने, ‘विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उदेश्य हो ।’

वडाध्यक्ष साउदले आगामी दिनमा समेत उच्च शिक्षा अध्ययनका लागि थप छात्रबृतिका कार्यक्रम ल्याउने बताए । छात्रबृति पाएका विद्यार्थीहरुले वडाबाट पाईएको छात्रबृतिले दैनिक अध्ययनमा आवश्यक पर्ने शैक्षिक समाग्री खरिदमा सहज हुने भन्दै वडा कार्यालय, वडाध्यक्ष साउदप्रति आभार प्रकट गरेका छन । जिल्लाका ९पालिका मध्ये कृष्णपुर नपा २ उच्च शिक्षा अध्ययनका लागि विपन्न समुदायका जेहेन्दार छात्रा विद्यार्थीलाई छात्रबृति वितरण गर्ने पहिलो वडा भएकाले विद्यार्थीले बताएका छन ।

