कञ्चनपुर : महेन्द्रनगर- बुटवल टाेयटा हाईस सेवा संंचालन हुँदै ।सुदुरपश्चिम काे पश्चिमि नाका जिल्ला महेन्द्रनगर बाट लुम्बिनी प्रदेशकाे पुरानाे राजधानी शहर बुटवल आवत जावतका लागि टाेयटा हायस सेवा सुरु हुदैछ ।

स्तरिय सवारि साधन मानिएकाे टाेयटा हायस पहिलाे पटक महेन्द्रनगर- बुटवल, बुटवल – महेन्द्रनगर सम्म चल्ने भएकाे महाकाली यातायातका अध्यक्ष डम्बर राज पन्तले बताएका छन । उनका अनुसार महेन्द्रनगर बाट प्रतेक दिन बिहान ५ बजे महाकाली यातायातकाे हायस बुटवलका लागि छुट्ने र पश्चिम नेपाल यातायातकाे हायस बुटबल बाट बिहान ५ बजे नै महेन्द्रनगरका लागि छुट्ने छ ।

स्तरिय सेवा सुचारु भाेलि १० गते बिहान ५ बजेबाट हुनेछ । याे सेवा सुचारु भएपछि याे सडक खण्डमा यात्रा गर्नुपर्ने यात्रु हरुलाई सहज हुने बिश्वास यातायात ब्यावसायीकाे छ । यहाँ यात्रा गरनका लागी महेन्द्रनगरमा महाकली यातायातकाे काउन्टर नम्बर १२ वा तलका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने छ। 9848724086, काउन्टर (9858750964)







