कञ्चनपुर: कञ्चनपुरका जेनजी युवा अभियन्ता सुजित श्रेष्ठले भीमदत्त नगरपालिका वडा नं। ६ मा पर्ने महेन्द्र राजमार्गको किनारमा कबाड व्यवसाय सञ्चालन गर्ने केही व्यक्तिहरूले सडक मिचेर कबाड सामग्री राखिरहेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ।

यसअघि पनि सोही स्थानमा चोरीका सामान फेला परेपछि प्रहरीलाई जानकारी गराई आवश्यक कारबाहीका लागि पहल गरिएको थियो। तर, त्यसपछि पनि समस्या यथावत् रहनु र सडक किनारमा मनपरी ढङ्गले कबाड सामग्री राख्ने कार्य निरन्तर भइरहनुले सम्बन्धित निकायको कार्यसम्पादनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

सार्वजनिक सडक कुनै व्यक्ति वा व्यवसायको निजी सम्पत्ति होइन। कानुनभन्दा माथि कोही पनि छैन। सडक अतिक्रमण गरेर सर्वसाधारणको आवागमनमा बाधा पुर्याउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।

यसर्थ, भीमदत्त नगरपालिका, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सम्बन्धित सम्पूर्ण निकायलाई निम्न विषयमा तत्काल प्रभावकारी कदम चाल्न जोडदार माग गर्दछौँ।










