विशाल सामुदायिक वनको बार्षिक साधारण सभा १९औँ बार्षिक साधारण सभा


कञ्चनपुर : असोज कञ्चनपुरको उत्तरी चुरेसंगै जोडिएको एक सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका १ निगालीको विशाल सामुदायिक वन उपभोक्ता समुहको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । जिल्लाको उत्तरी चुरे भेगमा रहेको उक्त सामुदायिक वनले सरक्षणका थुप्रै काम गरेपछि वनको बृद्धि विकासदेखि बन्यजन्तुको आवागमन बढ्दै गएको जनाएको छ । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विशाल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शुचित्र शाहले सामुदायिक वनमा थुप्रै सरक्षणका कार्यक्रम संचालन गरिएको बताए ।

अध्यक्ष शाहले सामुदायिक वन विकास सरक्षण, व्यवस्थापनका कार्यक्रम संचालन गरिनेछन । फायरलाईन, झाडी सफाई, वियजशाल प्लान्ट निर्माण, कर्मचारी बीमा, भुक्षय रोकथाम, खेलकुद, संस्कृति सरक्षण, बन्तुजन्तु हानीनोक्सानी कोष निर्माण गरिनेछ । यस्तै विपन्न वर्ग, महिला, दलित आदिवासी जनजाती उपभोक्ता लक्षित कार्यक्रम संचालन गरिनेछन । अध्यक्ष शाहले सामुदायिक वनको बृद्धि विकासका कार्यक्तम संचालन गर्दै वनमा आश्रित उपभोक्ताहरुको हकहितका लागि कार्यक्रम गरिनेछन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिका १का वडाध्यक्ष मोहन बस्नेतले विशाल सामुदायिक वनले सरक्षणदेखि उपभोक्ताको हकहितका सरक्षण गरिरहेको थप गर्नुपर्नेमा जोडदिए ।

बिशिष्ठ अतिथि समेत रहेका सव डिभिजन वन कार्यालय वाणीका वन अधिकृत निरञ्जन कडेलले समेत कानून अनुरुप वनका कार्यक्रम संचालनमा जोडदिए । सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष नरेश राज भट्टले सामुदायिक वनले सरक्षणका साथसाथै उपभोक्ताको हितमा कामकाजमा जोडदिए । कार्यक्रममा वन क्षेत्रको बृद्धि विकासका लागि खटिनेमा जोडदिदै सम्मान गरिएको छ । आर्थिक बर्ष ०८३÷०८४का लागि एक करोड, २४लाख, ८१ हजार, ९८६रुपैया बराबरको बजेट प्रस्तुत गरिएको छ । कार्यक्रममा जनप्रतिनिधीदेखि सरक्षणकर्मी सरोकारवालाको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img