सन्दर्भ : दशौ अन्र्तराष्ट्रिय योग दिवस


योगश्चितवृतिनिरोधः।।
अर्थात चित्त र वृतिको निरोध नै योग हो । योग विशेष प्रकारको क्रिया हो, योगको अर्थ जाडनु हो । स्वास लाई नियन्त्रण गरि चलाउन योग हो । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । धार्मिक विश्वस अनुसार भगवान शिव द्धारा अनुसारण गरिएको पद्दति गोग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो । योग संस्कृत भाषामा “युज” बाट आएको हो जसको अर्थ ईश्वर संग आत्माको मिलन हो । मुख्य रुपमा भन्ने हो भने योग लाई आध्यात्मिक अनुशासन भन्नु पर्दछ, यसले जीवनशैलीको पूर्ण सार आत्मसात गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई प्रगााढता ल्याउछ । त्यसैले योग आत्मा र परमात्मा संगको जोड हो, योग जिवन जिउने कला पनि हो, विज्ञान पनि हो, सस्कृति पनि हो, योग रोग प्रतिरोधात्मक रक्षा प्रणाली हो, योग ध्यानको आधार हो ।

राजयोग, हठयोग, लययोग, ज्ञानयोग, कर्मयोग, भक्तियोग योग विभिन्न प्रकारका हुन भने याम, नियम, आसन, प्रणायाम, धारणा , ध्यान र समाधि योगका किसिम हुन । सम्पूर्ण योग सात वटा किसिमको पूर्णता बाट ने सम्भव छ ।
अफ्नो शरीरि लाई आन्तरिक तथा बाह्रय रुपमा स्वस्थ्य राख्नका लागि प्रातकाल ब्रम्हमुहर्तमा घरमै बसी वा कम खर्चमा स्वास्थ्य राख्न र रोग्न लाग्न नदिन योगको प्रभाव अतिनै महत्पूर्ण रहेको छ र यसलाई अहिले विश्वले अनुसारण गरिरहेको हुदा“ अन्र्तराष्ट्रिय स्तरमानै योग दिवस मनाईदै गरेको छ । श्वास प्रश्वासको गहिरो प्रभाव र प्रयोगले शरिरमा अक्सिजनको मात्र बढाउने र उक्त अक्सिजनले शरिरमा रहेका करोडौ नसनाडीकालाई रक्त र रक्त नलिलाई शुद्धता गरि फोक्सो, किडनी र मस्तिष्क लाई पूर्ण गतिमा संचालन गरि रोग प्रतिरोधात्मक क्षमतालाई अत्यन्तै वृद्धि गराउनाले रोक निको हुने र रोग्ल लाग्न नदिने तत्व शरिरमा बस्ने गर्दछ । योग गर्न र योग गराउन समय कम, खर्च कम, स्थान कम भए पनि पुग्ने, एक्लै र समुहमा समेत गर्न सकिने भएकोले पछिल्लो अवस्थामा योग, योगशाला , योग शिक्षा, योग कक्षा, योग प्रशिक्षकहरु तिव्र रुपमा वृद्धि भईरहेकोले जनमानसमा आफ्नो स्वस्थ्य प्रति चिन्ता, चिन्तन र सजगतामा क्रमस अभिवृद्धि भईरहेको अवस्था छ । योग शरिर खुमच्याउने , तन्काउने र शिथिल गर्ने अभ्यास मात्र नभई कम खाना खाने , उत्पादन भएको शक्ति कम खर्च गरि शारिरीक र मानसिक स्थिति मजबुत गरि जस्तोसकै परिस्थितिमा मनस्थिति बलियो बनाउने शक्ती हो । यसले प्रभावले मानिस क्रमस दृष्टिमा साकारात्मकता, कार्यशैलीमा निपुणता र व्यवहारमा कुशलता प्राप्त गर्दछ ।

वर्तमान अवस्थाको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको र यस समाजमा ल्याउने अशिष्टता , दुर्घटना र र्दुव्यवहार लाई पनि नियन्त्रण गरि योगमा लाग्नेहरुको खानापान तथा जीवनशैली सबैका लागि जीवनपयोगी हुने र यस किसिमको खानपान र जीवनशैलीले पाचन प्रणालीमा सुधार, हाडजोर्नी र माशंपेशीमा सुदृढता आई स्वस्थ्य जीवन बाच्न पाउने अधिकार समेत सुरक्षित हुने गर्दछ । योग गर्नाले वा योग अनुसारको आहार , आहार अनुसार व्यवहार र व्यवहार अनुसार बाणि आउने हुनाले यसले मानव बाट महामानव बनाउदछ भने दृष्टिगत रुपमा हरेका नर लाई नारायणको रुपमा देख्ने पनि गर्दछ । त्यसका कारण बाहिर बाट देखिन र मापन गर्न सक्ने फाईदा एकातिर छन भने अर्को तिर आध्यात्म जगतमा प्रवेशको द्धार खुल्ने भएकोले मन शान्त, चेतन मन र हरेक घटना दुर्घटनालाई साकारात्मक रुपमा लिने मन स्थापित हुने गर्दछ । योगका प्रभाव र प्रयोगले हुने लाभ तथा पाईदाहरुमा माशंपेशी बलियो बनाउने, जोर्नीहरुलाई स्वस्थ्य बनाउने, मेरुदण्डको रक्षागर्ने, रक्त प्रभाव बढाउने, मुटुको गतिलाई नियन्त्रण गर्ने, रक्तचाप कम गर्ने, तनाव कम गर्ने, गहिरो निद्रा लाग्ने, रोग प्रतिरोधात्म क्षमता बढाउने, शारिरीक बल बढाउने, मानसिक बल बढाउने, आत्मबल बढाउने, भावात्मक बल बढाउने,, चैतन्य (चेतना) बल बढाउने काम गर्दछ ।

योगको अभ्यासले मानिसको शारिरीक र मानसिक रुपमा विकास गर्नका लागि आहारको सहि प्रयोग र उपयोग गर्न आवश्यक छ । आहार लाई पनि पथ्य र अपथ्य दुई भागमा बाडेको छ । आर्युवेदमा सजिलै गरि पाचन हुने खाद्य सामग्रीलाई पथ्य तथा गारो गरी बढि समय लागेर पाचन हुने सामग्री लाई अपथ्य भन्ने गरिन्छ । योग गर्ने साधकले पथ्य नै खानु पर्ने हुन्छ । जुन सुकै कार्य लगातार एक्काई दिन सम्म गर्नुस त्यो बानी बस्छ, तसर्थ योग गर्ने बानी लगाातार गर्नु भयो भने बानी वा दैनिकी रुपमा गर्ने पर्नो बानीको बिकास हुन्छ । हामी मनुष्य मान चाहन्छौ, सम्मान चाहन्छौ, प्रतिष्ठा चाहन्छौ , कसै व्यक्ति बाट, कसै संघ संस्था बाट, कसै समुह बाट कसै समाज बाट त्यसको विपरित हामीले त्यो व्यक्तिलाई त्यो संस्थालाई त्यो समाजलाई के दियौ र के को बदला हामीलाई मान , सम्मान र प्रतिष्ठा चाहन्छ । यी सबै कुरा योग अभ्यास बाट टाढा कति टाढा पुर्याउछ कि आर्चश्य चकित हुन्छ । योग अभ्यासको प्रारम्भमा बाचन गरिने उदगित गायत्री मन्त्र, महामृत्यंञ्जय मन्त्र, स्वाध्याय मन्त्र, मंगलकामना मन्त्रले आफ्नो मन बचन कर्मबाट परमपिता परमेश्वरलाई साक्षी राखि गरिने हरेक कार्य मानव कल्याणमा नीहित हुने गर्दछ, आफनो ध्यान निश्चित कार्यमा बढने, काममा एकाग्रता ल्याउने र आधात्मक जगतको द्धार खुल्ने भएकोले यी मन्त्रहरुलाई बारम्बार बाचन गर्नु पर्दछ , खास गरि बालकालिका वा बाल्यकाल बाट नै योग गर्ने र योगमा समाहित हुने हो भने मानिसको जीवन रुपमान्तरण हुन समयनै लाग्नेछैन् ।

योग भगवान शिवले प्रयोगमा ल्याएका हुन भने ऋणी पंतञ्जलीले पनि योगका आसन र योग अभ्यासको ज्ञान छरेको पाईन्छ भने पछिल्लो चरणमा स्वामी रामदेवले योगको व्यापक प्रचार प्रसार गरि जनमानसममा सर्वव्यापी बनाउका छन भने यस संग संगै जडिवुटीको उपयोग बाट आर्युवेदमा व्यापकता ल्याउने आर्युवेदका सिरोमणी आचार्य बालकृष्णले घरघरमा आर्युवेदको ज्ञान दिएका छन जसका कारण योगको प्रभावकारिता संग संगै जडिवुटीको प्रयोगले मानव स्वास्थ्यमा उच्चतम सुधार ल्याई जीवन स्तर बृद्धि हुनका साथै मानिषको औषत आयुपनि वृद्धि हुने संघारमा रहेको छ । योगका बारेमा सुन्ने योग नगर्ने, योगका बारेमा जान्ने योग नगर्ने तथा योग गर्ने तर अरुलाई नभन्ने यी सबै कार्य कसैका लागि पनि राम्रो होईन नेपालमा योग गर्ने संख्या दिन प्रतिदिन बृद्धि हुदै गईरहेको छ । नेपाल सरकारले, गृह मन्त्रालयले, शिक्षा मन्त्रालयले पनि सर्कुलर जारी गरि देशैभरी अन्र्तराष्ट्रिय दिवस मनाउने भनेको छ । भीमदत्त नगरपालिकाले विगत चार बर्ष अगााडी बाट विद्यालयमा योग शिक्षा संचालनका लागि पाठयक्रमनै निर्माण गरि सकेको छ । भने वर्तमान अवस्थामा योग साधान केन्द्रहरु स्थापना गर्ने र संचालन गर्नेकार्य तिव्रगतिमा रहेको छ भने पंतञ्जली कञ्चनपुरमा झण्डै सात सय भन्दा बढि योग शिक्षकहरुको सक्रियता रहेको छ ।

योग ले जोडन सिकाउ“छ, योगले आलस्य हटाउछ, योगले उर्जाको बढाउ“छ र योगले साकारात्म सोच उजगार गर्दछ, योगले माग्न होईन दिन सिकाउ“छ , योगले अंहिसा , शान्ति तर्फ डोर्याउदछ, योगले चरित्र निर्माण गर्दछ, योगले नैतिक शिक्षा दिन्छ, योगले बुद्धि विकास गर्दछ, योगले सदमार्ग – सदबुद्धि र सदगुण प्रदान गर्छ र योगले नै समग्र जिवन जिउने कला सिकाउ“छ । विगतका बर्षहरु देखि एक्काईस जुनमा मनाईने अन्र्तराष्ट्रिय योग दिवस आज दशौ बर्ष सम्म आईपुग्दा हरेक बर्ष विभिन्न नाराहरु स्थापित गरि उक्त नारालाई प्रभावकारीरुपमा जनमानस सम्म ल्याई पुरयाउने काम योग साधाक र योग संचालन गर्ने संस्थाहरु गर्दै आईरहेको छन भने यास बर्षको नारा “महिला सशक्तिकरणका लागि योग ” छ भने यसलाई सहयोग गर्न आफ्ना लागि योग समाजका लागि योग भन्ने वाक्य प्रयोग गर्ने भनिएको छ । अन्तमा , योग असाध्यै राम्रो अनि उपयोगि कला र विज्ञान हो, योग संग संगै आहार र आर्युवेदको उपयोगिताले मानिस मानव बाट महा मानव बन्न बेर नलाग्ने छ भने आम जनसमुदायमा हरेक भन्सा कोठा औषधालय बन्ने निश्चत ः प्राय भएकाले हरेक टोल विकास संस्था, हरेक वडा कार्यालय र हरेक स्थानिय तह तयारहुने हो भने हामी सक्छौ ः आफ्नो उपचार आफै गर्न, आफ्नो चिकित्स आफै बन्न असम्भव होईन सम्भव छ ।
धन्यवाद ।

 प्रेम सिंह भाट
मिडिया प्रभारी, पंतञ्जली कञ्चनपुर

 

 


Loading Viewer...

ताजा समाचार

spot_img