कुतियाकवरबासीलाई वर्षा लागेपछी बाढीकै त्रास

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका नैनसिंह सुनारको घरबाट महाकाली नदी निकै नजिक छ् । महाकाली नदी संग नजिक रहेको नैनसिंहको घर छेउमै नेपाल–भारतको दशगजा क्षेत्र हो । वर्षायाम लाग्ने थाल्दा नैन सिंहको परिवारलाई चिन्ताले सताएको छ् । रातिको समयमा चार देखी पाँच पटक उनलाई महाकाली नदी नदी तिर नजर लगाउने समय आएको उनले बताए । २०७८ सालको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उनी बताउछन् । ‘महाकाली नदी घर नजिक भएको निकै चिन्ता छ्’ नैनसिंहले भने, “सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ् ।’ सोही स्थानका तुल बहादुर सुनारको अवस्था पनि त्यस्तै छ् । बाढीको त्रासको कारण कहिल्यै शान्तिको सास फेर्न नपाएको तुल बहादुर सुनार बताउछन् । उनले कुतियाकवर बस्तीमा महाकाली नदी र जगबुडा नदीका कारण आफूहरु सधैं त्रासमा रहने बताए । ‘अहिले सम्म नदीमा पानी नबढेका कारण मनमा शान्तिनै छ् । त्यो शान्त मन कति बेला विक्षिप्त हुने हो थाहा छैन्’ माया देबी सुनारले भनिन्, ‘महाकाली र जगबुडा नदीमा पानी नपर्दा पनि बाढी आउछ् । पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ्’ माया देबी सुनारले भने ।

कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारका अनुसार कुतियावकर बस्ती आफैमा बाढीको उच्च जोखिममा रहेका र त्यसैमा महाकाली नदीको अत्यन्तै जोखिममा रहेका नैन सिंह सुनार, तुल बहादुर सुनार, कर बहादुर सुनार, खेम बहादुर सुनार र बम बहादुर सुनारका घरहरु रहेका छन् । यस वर्ष संघिय सरकारले कुतियाकवर बस्तीलाई बाढीबाट जोगाउन जगबुडा नदीमा झण्डै २ सय मिटर पक्की तटबन्ध निमार्ण गरेको छ् । बस्ती जोगाउन यो प्रयाप्त तटबन्ध भने भएको छैन् । अझै झण्डै ९ सय मिटर पक्की तटबन्ध निमार्ण गरेमात्र कुतियाकवर बस्तीलाई बाढीबाट जोगाउन सकिने स्थानियहरुको आंकलन छ् ।

पक्की तटबन्ध निमार्ण गर्न बाँकी रहेको भनिएको झण्डै ९ सय मिटर क्षेत्रमा दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय सामज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपालले जैविक तटबन्ध निमार्ण गर्ने तयारीमा जुटेको छ् । यस्तै बाढी सम्बन्धी हालको पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाएर क्षति र जोखिम न्यूनीकरण गर्ने गरी तयारीमा दोधारा चाँदनी नगरपालिका कार्यालय र विपद्को क्षेत्रमा काम गर्दै आएका गैरससरकारी संस्था डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल जुटेका छन् । बाढीको जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागी बाढीबाट अति प्रभावित र जोखिम रहेका बस्तीहरुको नक्साङन गरेर पूर्वसूचना उपलब्ध गराउने कार्य योजनामा दोधारा चाँदनी नगरपालिका लागिपरेको छ् ।

बाढीको जोखिममा रहेका स्थानहरु पहिचान गरि त्यहाँ रहेका घर, बसोबास गर्ने मानिसको तथ्याङक संकलन गरी सम्बन्धित निकाय संग एकीकृत रुपमा काम गर्ने गरी योजना ल्याईदैछ् । जोखिममा रहेका स्थानहरुको सम्पूर्ण अवस्था यकिन गरिएपछि दोधारा चाँदनी नगरपालिकाले बाढीले पार्न सक्ने असर बारे स्थानीय बासिन्दालाई जानकारी गराउनेछन् । । डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा महाकाली पक्की पुलमा जलमापन यन्त्र, दोधारा चाँदनी नगरपालिका– १० को ओंमकार आधारभुत बिद्यालयमा स्मार्ट साईरन लगाएतका पुर्व सुचनाका प्रणाली यन्त्र जडान गरिएको छ् ।

जसले गर्दा दोधारा चाँदनीको बाढी ग्रस्त बस्तीहरु सुरक्षित गर्न सहज हुने छ् । दोधारा चाँदनी नगरपालिकाका तटिय क्षेत्रका स्थानियहरुलाई बाढी आउनु पूर्व नेपाल टेलिकम र एनसेलको नेटवर्कमा एसएमएस मार्फत तथा जडान गरिएको स्मार्ट साईरन मार्फत पूर्व जानकारी दिईने यस पटक व्यवस्था मिलाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले बताएका छन् ।

ताजा समाचार