महाकाली र जगबुडा नदीले ताकेको कुतियावकर बस्ती, जैविक तटबन्ध निमार्णले जोगाउला त ?

पप्पु गुरुङ्ग

बिगतका दिनहरुमा महाकाली नदी र जगबुडा नदीमा आएको भिषण बिनासकारी बाढीले कुतियाकवर लगाएत बस्तीलाई धनमालको तहसनहस बनाएको हो । कृषी उपजको लागी खेती योग्य जग्गा मरुभुमी बन्दै आएको छ् । उत्पादन हुने जग्गा मरुभुमी बनेपछि स्थानिय किसानहरुमा चिन्तामा छन् ।

बाढीको कारण महाकाली नदीको धार कुतियाकवर बस्तीमा तेस्रिएपछि वर्षायाममा कति बेला महाकाली नदीको पानी बस्तीमा पसेर ठुलो उत्पात मच्चाउने हो भन्ने उनिहरुमा यसपल्ट पनि चिन्ता बढ्दो छ् । बिगतका दिनहरुमा महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले दर्जनौ किसानहरुको जग्गा कटानी र धनमाल क्षती बनाएको पिडा उनिहरुमा छन् । बाढी आएको बेला बस्तीमा ज्यान जोगाउन भाग्नु पर्ने अवस्थाको कारण स्थानियहरुको माँग अनुसार दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपालले झण्डै रु. २७ लाख बराबरको सेफ सेल्टर निमार्ण कार्य अघि बढाएको छ् । यस्तै बस्तीमा बाढीको बेला स्थानियहरुको ज्यान सहित धनमाल जोगाउन उद्धेश्यले नेपाली सेनाले समेत झण्डै रु. २५ लाख बराबरको सेफ सेल्टर निमार्ण कार्य पनि चलिरहेको छ् ।

बाढी आएको बेला स्थानियबासीहरुलाई ज्यान जोगाउने बिषयमा केही हद सम्म ढुक्क भएको स्थानियबासी तथा कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनार बताउछन् । ‘बाढी आएको बेला ज्यान बचाउको लागी दुई वटा सेफ सेल्टर निमार्णले ठुलो राहत भएको छ्’ कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारले भने । तर दिर्घकालिनरुपमा पक्की तटबन्ध निमार्णने अन्तिम विकल्प रहेको उनको भनाई रहेको छ् । संघिय सरकारले केही दिन असिसघ मात्र बस्ती जोगाउन झण्डै २ मिटर पक्की तटबन्ध निमार्ण गरेको छ् ।

त्यो निमार्ण गरिएको २ सय मिटर पक्की तटबन्ध बस्ती जोगाउन प्रयाप्त नभएको कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारको भनाई रहेको छ् । अझै ९ सय मिटर पक्की तटबन्ध निमार्ण कार्य गरे मात्र बस्ती सुरक्षित हुने उनको आंकलन छ् । कुतियाकवर बस्तीलाई सुरक्षित गर्न ९ सय मिटर तटबन्ध निमार्णको लागी झण्डै ८ करोड रुपिँया लाग्ने एक अनुमान गरिएको छ् । ‘९ सय मिटरको योजना भए मात्रै कुतियाकवर बस्ती बाढीको चपेटाबाट पुर्णरुपमा सुरक्षित हुने थियो’ कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारले भने ।

कहिकतैबाट यस वर्ष पक्की तटबन्ध निमार्ण कार्यमा बजेट नभएको अवस्थामा दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपालले जैविक तटबन्ध निमार्ण कार्य सुरु गर्ने सुरसार कसेको छ् । बस्तीको पश्चिम दिशा तर्फ बग्ने जगबुडा नदी र पुर्वरउत्तर दिशा तर्फबाट बग्ने महाकाली नदीको दोभानको बस्ती हो कुतियकवार बस्ती । पूर्व र उत्तर दिशा तर्फबाट बग्ने महाकाली नदी २०७८ कार्तिकमा आएको बाढीले नयाँ बाटो खोलेको छ् । अवका वर्षामा बाढी आयो भने महाकाली नदीले कुतियाकवर बस्ती तिर सोझिएर बग्ने स्थानियहरुमा त्रास छ् । महाकाली नदीले धार परिवर्तन गरेसंगै समयमै तटबन्ध निमार्ण नगरिए अवका दिनहरुमा महाकाली नदीमा थोरै भएपनि बाढी आएपनि कुतियाकवर बस्तीमा ठूलो क्षति हुने पक्का पक्की छ् ।

बाढीको बेला प्रधान मन्त्री, मन्त्री लगाएत देशका नेता तथा बिभिन्न संघ संस्थाहरुले कुतियाकवर बस्ती लगाएत बाढी ग्रस्त क्षेत्रको अनुगमन गरिसकेका छन् । हिजै बालबालिका, महिला तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी समेतले बस्तीको अवस्था बुझेका छन् । तर दोधारा चाँदनीको बाढी ग्रस्त बस्तीलाई बाढीको पिडाबाट कसरी जोगाउने भन्ने बिषयमा दिर्घकालिनरुपमा पहल थालिएको भने देखिदैन् । बाढी ग्रस्त क्षेत्रमा बाढी आएको बेलामा कसरी ज्यान जोगाउने, उनिहरुको आर्थिकपार्जनको लागी गरिएका थुप्रै अभ्यास भने भईरहेका छन् । देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि कुतियकवर तथा आसपासको बस्तीमा भने अझै खुसियाली आएको छैन् ।मनसुन सुरु भए संग बस्तीको स्थानियहरुको निदहराम भएको छ् ।

वर्षातमा कती बेला बस्तीमा पानी पस्ने हो भन्ने त्रास उनीहरुमा अझै छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि आगामी दिनहरुमा कुतियाकवर बस्ती बिस्तापित हुने जानकारहरु बताउछन् । बर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदा समेत सरकार नदी नियन्त्रणका बिषयमा प्राय : मौन देखिन्छ् । लहलहाउदो बाली बिनाशसागै मानव बस्ती विस्थापनको सिकार भईरहेका छन् । उनिहरुलाई बैकल्पिक बसोबासको व्यवस्था सरकारले मिलाउन नसक्दा बर्ष भरी खाद्यान्न संगै बासको पिडा खेप्दै आएका छन् । यी समस्याहरुबाट समयमै दोधारा चाादनी नगरपालिकाका नदी किनारामा बसोबास गर्ने नागरिकहरुलाई बचाउन र खेति योग्य उर्भर भूमि कटान हुनबाट रोक्न बर्षा नलागीकनै महाकाली नदी र जगबुडा नदीमा स्थायी तटबन्ध र तारजाली लगाउन आवश्यक हुन्थ्यो ।

हिउदको बेला तराईमा अधिकांश खोलाहरुमा पानीको बहाव कम छ, या सुन्य प्राय समय हुन्छ् । यसैले सरकारका योजनाहरु कार्यान्वयन गर्दा कुन काम कहिले गर्ने भन्ने बिषयमा योजना आयोग, प्रदेश तथा जिल्ला र स्थानीय तहमा भएको बिषयगत कार्यालयहरुलाई समय छदै काम गर्न गराउन आवश्यक देखिन्छ् । प्राय: नदीको छेउ छाउमा आदिवासी, जनजाति, दलित तथा पिछडिएका वर्गहरुको अत्यधिक बसोबास हुने गर्दछ ।

राज्यले दिने सेवा सुविधाहरुमा समेत यी समुदायहरु पछाडि परिरहेका हुन्छन् । जो अगुवा उसैले सबै कुरा उपयोग गर्ने नेपालको परम्परागत बानीमा अहिले सम्म परिवर्तन गर्न सकिएको छैन् ।

तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको दर्दनाक कथा तथा व्यथा छ् ।

ताजा समाचार

This will close in 10 seconds