कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयले क्रमिक रुपमा शैक्षिक स्तर बृद्धि गर्ईरहेको बुझिन्छ । बेदकोट नगरपालिका ६ सिसैयाको भुवनेश्वरी नमुना माध्यामिक विद्यालयले क्रमिक रुपमा माथिल्ला कक्षाहरुमा अग्रेजी माध्यमबाट समेत पठन पाठन शुरु गरेको हो । भुवनेश्वरी नमुना माविका प्रद्यानाध्यापक रण बहादुर दौल्यालले गत शैक्षिक सत्रसम्म १–३मा अग्रेजी माध्यमबाट पठन पाठन हुँदै आएको चालु शैक्षिक सत्र ०८३देखि ५सम्म हुने बताए । प्रअ दौल्यालले क्रमिक रुपमा माथिल्ला कक्षाहरुमा समेत अग्रेजी माध्यमका साथै विषयगत रुपमा थप प्रभावकारी रुपमा शिक्षण गराईने बताए ।

प्रअ दौल्यालका अनुसार विद्यार्थीमा सिकाई थप प्रभावकारी बनाउनका लागि अतिरिक्त कृयाकलाप समेत संचालन हुदै आएको बताए । उनका अनुसार विद्यालयमा तहगत सयोजक, अतिरिक्त कक्षा संयोजक, अग्रेजी माध्यमको छुट्टै संयोजक तोकेर जिम्मेबारी दिएको बताए । भुवनेश्वरी नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षका प्रविन बोगटीले विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम बढ्दै गएपछि विद्यार्थीको संख्यामा समेत बृद्धि भईरहेको बताए । अध्यक्ष बोगटीले नमुना सामुदायिक विद्यालय सुधारका लागि सबै सरोकारवाला पक्षको साथ सहयोग सर्मथन मेहनत रहेको बताए । पछिल्ला बर्षहरुमा बेदकोट नगरकै उक्त नमुना विद्यालय शैक्षिकका साथै अतिरिक्त कृयाकलापमा अघि बढिरहेको छ ।







