दोधारा चाँदनी– ६ का किसानहरुलाई नर्सरी व्याड व्यवस्थापन तथा बेमौसमी तरकारी खेती तालिम

दोधारा । दोधारा चाँदनी नगरपालिकाका किसानहरुलाई नर्सरी व्याड व्यवस्थापन तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको आयोजनामा वडामा रहेका २० जना किसानहरुलाई ढाई महिने नर्सरी व्याड व्यवस्थापन तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् ।

कृषिलाई आधुनिकीकरणमा जोड्दै व्यवसायिक कृषिबाट समृद्धि हासिल गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् । वडाध्यक्ष ओंम बस्नेतले कृषि कार्यमा निरन्तर खटिने व्यक्तिलाई प्रोत्साहन गर्न वडा कार्यालय आगामी दिनहरुमा प्रोत्साहन कार्य गर्ने समेत बताएका छन् ।

अधिकांश वडावासी कृषिमा आश्रित रहेको बताउदै उनले भने, ‘वडाको समृद्धिको लागी कृषी, स्वास्थ्य, शिक्षा तथा सडकमा हामी जोड दिदै आएका छौं ।’ प्राय वडाबासीहरु कृषी क्षेत्रमै आश्रित रहेको हुदा वडाबासीको आर्थिक उन्नतीको लागी आफु निर्वाचित भएपछि बिभिन्न कृषी कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष बस्नेतले बताएका छन् । वडा कार्यालयको सभा कक्षमा संचालन गरिएको नर्सरी व्याड व्यवस्थापन तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम समापन सत्रमा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेत, राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चौधरी, वडा कार्यालयका सचिव कृष्णा गिरी, नर्सरी व्याड व्यवस्थापन तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिमका प्रशिक्षक पुजा गुरुङ्ग तथा तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।

तालिम पाएकोमा खुशी ब्यक्त गर्दै सहभागीहरुले वडामा बसोबास गर्ने किसानहरुलाई बिभिन्न समयमा तालिम तथा सहयोग कार्यक्रम संचालन गर्दै आएको भन्दै वडाध्यक्ष तथा सदस्यहरुलाई धन्यबाद दिएका थिए ।

कार्यक्रममा किसानहरुलाई बिउ, बिजन समेत बितरण गरिएको वडा कार्यालयले जनाएको छ् ।

 

ताजा समाचार