दोधारा चाँदनीका वडाध्यक्ष रोकाया जुटे सडक विस्तारमा, वडालाई सडक सञ्जालमा जोड्दै

दोधारा । स्थानिय तहले जनप्रतिनिधी पाएसंगै दोधारा चाँदनीका गाँउ, घरका साँगुरा तथा बन्द भएका सडक खुल्नुको साथै नयाँ सडक तथा विस्तार भईरहेका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वर्षौ देखि बन्द रहेका तथा साँगुरा सडक स्थानिय तहका जनप्रतिनिधीले सहमतीबाट खोलीरहेका छन् । जनप्रतिनिधिको पहलमा बन्द तथा नयाँ सडक खोल्ने काम भईरहेको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताए । दोधारा चाँदनी नगरपालिका– ८ का बिभिन्न टोल बस्तीमा पक्की सडक निमार्ण तथा नयाँ सडक खोल्न कार्य भईरहेको वडाध्यक्ष रोकायाले बताएका छन् । निर्वाचनको बेला नेकपा एमालेबाट टिकट पाएर २०७४ सालमा वडाध्यक्ष पदमा बिजय भएका ओंमप्रकाश रोकाया यस पल्टको निर्वाचनमा समेत वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

वडालाई सडक सञ्जालबाट जोड्न बिगतका दिनहरु देखि वडाध्यक्ष रोकायाले बिभिन्न कार्यहरु गर्दै आएका छन् । अहिले ५ सय मिटर नयाँ बाटो संचालनमा ल्याउन वडाध्यक्ष ओंमप्रकाश रोकाया कस्सीएका छन् । वडाको गौडीटोलमा रहेको भक्त बहादुर पुनको घर नजिकबाट पश्चिम तर्फ भिम सिंह थापाको घर हुदै उत्तर तिरको बिन्दा थापा र दक्षिण तिर राम बहादुर थापाको जग्गा सम्म झण्डै ५ मिटर नयाँ बाटो खोल्न थालेपछि स्थानियबासी खुशी भएका छन् ।

बाटोको अभाव झेल्दै आएका उक्त टोलका स्थानियहरु वडाको सञ्जालमा जोडिन थाले संगै खुशियाली छाएको हो । वडाको समग्र विकास गर्न सडक अति आवश्यक भएको बताउदै सडक निमार्ण कार्यलाई प्राथमिकता दिदै आएको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताएका छन् । उनका अनुसार वडाका मुल सडक तथा शाखा साँगुरो सडक तथा नयाँ सडक बिस्तार गर्ने कार्यलाई प्राथमिकता दिदै आएको उनले बताएका छन् ।

‘गाँउको विकासका लागी यातायात पुग्नु आवश्यक छ, बाटो विस्तार पछि गाँउमा कृषि तथा अन्य कार्यक्रम सञ्चालन हुन्छन्’ उनले भने ।

आफु निर्वाचित भएदेखि वडाका सबै गाँउ तथा टोलमा दमक, एम्वुलेन्स लगाएका यातायात साधन पुर्‍याउने लक्ष्य लिएर काम गरिरहेको उनले बताए ।

ताजा समाचार