दोधारा चाँदनीमा एक सय बढी युवालाई तिन महिने आधारभुत कम्प्युटर तालिम

दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक सय बढी युवा, युवतीहरुलाई तिन महिने आधारभुत कम्प्युटर तालिम दिईएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालय, नगरप्रमुखको कार्यालय र दोधारा सामुदायिक अध्यन केन्द्रको सयुक्त आयोजनामा दोधारा चाँदनी नगरपालिका– ६ देखि १० वडामा बसोबास गर्ने युवा, युवतीहरुलाई छनौट गरि तिन महिने आधारभुत कम्प्युटर तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा दोधारा सामुदायिक अध्यन केन्द्रका अध्यक्ष ओंम बस्नेतले जानकारी दिनुभएको छ् । तालिममा १ सय ५ जना युवा, युवतीहरुको सहभागिता रहेको थियो । आर्थिक अवस्था कमजोर भएकै कारण कम्प्युटर शिक्षा हासिल गर्न नसक्ने अवस्था भएकाहरुलाई युवा, युवतीहरुका लागी कम्प्युटर शिक्षाको योजना राखेर कार्यक्रम अघि बढाएको वडाध्यक्ष बस्नेतले बताउनुभएको छ् ।

तिन महिनामा सिकेका कुराको केही दिनमै जाँच गरिने वडाध्यक्ष ओंम बस्नेतले बताउनुभएको छ् । सहभागीहरुलाई प्रमाण पत्र दिदै गर्दा प्रमाण पत्रले शैक्षिक स्तर बढाउने भएता पनि प्रयोगात्मकमा दक्षता हुनै पर्नेमा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा दोधारा सामुदायिक अध्यन केन्द्रका अध्यक्ष ओंम बस्नेतले बताउनु भयो । तिन महिने आधारभुत कम्प्युटर तालिम समापन सत्रमा आफ्नो बिचरा राख्दै शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले भविष्यमा हरेक काम गर्नका लागी पनि कम्प्युटर शिक्षा अपरिहार्य रहने बताउनुभएको छ् । आधारभुत कम्प्युटर तालिम सहभागीहरुको पहिलो पाठशाला रहेको शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाको भनाई रहेको छ् ।

कम्प्युटर तालिमलाई सहभागीह्रुले निरन्तर अगाडी बढान सके युवाहरुको भविष्य अत्यन्तै राम्रो हुने शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले बताउनुभएको छ् । आगामी दिनहरुमा आफुले दोधारा सामुदायिक अध्यन केन्द्रलाई सहयोग गर्ने शुदुरपश्चिम सरकारका सदस्य रानाले प्रतिबद्धता जाहेर गर्नु भएको छ् । तालिमबाट आफुहरुले कम्प्युटर सम्बन्धी आधारभुत जानकारी पाएको भन्दै सहभागीहरुले खुसी ब्यक्त गरेका छन् ।

रोजगारका लागि कम्प्युटर शिक्षा अतिआवश्यक रहेकाले जीवन उपयोगी बनाउन कम्प्यूटरको तालिम संचालन गरिएको दोधारा सामुदायिक अध्यन केन्द्रका अध्यक्ष ओंम बस्नेतले बताउनुभएको छ् । दोधारा सामुदायिक अध्यन केन्द्रमा संचालन गरिएको समापन सत्रमा सहभागी युवा, युवतीहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

ताजा समाचार