कुतियाकवर बस्तीमा ‘सेफ सेल्टर’ निर्माण कार्य अन्तिम चरणमा, स्थानियहरु खुशी

दोधारा । कुतियाकवर बस्तीमा बाढीको बेला जिउ धनको रक्षा गर्न निमार्ण थालिएको ‘सेफ सेल्टर’ निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा निमार्ण थालिएको ‘सेफ सेल्टर’ निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले जानकारी दिनुभएको छ् । नेपाल–भारत सिमावस्तीका रुपमा रहेको कुतियाकवर बर्सेनी वर्षायाममा जोगबुडा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले उक्त क्षेत्रका बासिन्दाको जिउ धन सुरक्षाको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल र समुदायको सहयोगमा ‘सेफ सेल्टर’ निमार्ण गर्न थालिएको हो ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको रु. ५ लाख, निड्स नेपाल कञ्चनपुको रु. १४ लाख ८५ हजार १ सय १० रुपिँया ३५ पैसा, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को रु. ६ लाख, समुदायको लगानी रु. १ लाख ३१ हजार २ सय २७ रुपिँया ४६ पैसा गरि जम्मा रु. २७ लाख १६ हजार ३ सय ३७ रुपिँया ६१ पैसाको लगानीमा ‘सेफ सेल्टर’ निमार्ण कार्य सम्पन्न हुन लागेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् फोकल पर्सन रघुनाथ भट्टले बताउनुभएको छ् । बस्तीमा बाढी आएको बेला जिउ धनको सुरक्षाको लागी उक्त ‘सेफ सेल्टर’ निमार्ण गरिएको फोकल पर्सन भट्टको भनाई रहेको छ् ।

वर्षायामको बेला महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पस्दा स्थानिय विस्थापित हुने गरेकाले त्यसको रोकथामका लागि ‘सेफ हाउस’ निमार्ण कार्यमा सहयोग गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

कुतियाकवरमा ४८ घरपरिवार बसोबास गर्ने गरेका छन् । यस्तै कुतियाकवर बस्तीमा नेपाली सेनाले समेत ‘सेफ सेल्टर’ निमार्ण कार्यलाई तिब्रता दिएको छ् ।

 

ताजा समाचार