दोधारा चाँदनी– ७ वडा कार्यालयले दियो विपन्न घरपरिवारलाई शौचालय र आवास निमार्णमा सहयोग

दोधारा । दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले रामपुरे टोलका एक विपन्न घरपरिवारलाई आवास र शौचालय निमार्ण कार्यमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ रामपुरे टोल निवासी पार्वती सुनारलाई आवास र शौचालय निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले सहयोग गरेको छ् । आज दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाधयायले पार्वती सुनारको घरमा पुगेर आवास र शौचालय निमार्णमा लाग्ने निमार्ण सामग्री हस्तान्तरण गरेका हुन् । पार्वती सानो खरले छाएको झुपडीमा आश्रय लिएर बस्दै आएका छन् । आर्थिक अवस्था दैनिय रहेर घर तथा शौचालय निमार्ण गर्न नसकेका पार्वतीलाई वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार प्रथम चरणका शौचालय निमार्णमा लाग्ने निमार्ण सामग्री हस्तान्तरण गरेको वडा सदस्य संदिप उपाध्यायले बताएका छन् ।

निमार्ण सामग्री हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्याय, रामपुरे टोल बिकास समितिका अध्यक्ष झपीलाल बुढा, स्थानिय राजेन्द्र थापा मगर, पार्वती सुनार तथा स्थानियहरु रहेका थिए । शौचालय निमार्णको लागी आवश्यक रिङ्ग, शौचालय सिट, पाईप लगाएत सामग्री हस्तान्तरण गरिएको थियो भने, आवास निमार्णको लागी जस्तापाता, सिमेन्ट खम्वा लगाएत सामाग्री हस्तान्तरण गरिएको वडा सदस्य उपाध्यायले बताए ।

‘वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम तथा योजना अनुसार शौचालय र आवासको लागी निमार्ण सामग्री उपलब्ध गराएका छौं’ वडा सदस्य संदिप उपाध्यायले भने । वडा कार्यालयले शौचालय र आवास निमार्ण कार्यमा सहयोग गरेको भन्दै पार्वती सुनार वडाका जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार