दोधारा चाँदनी नगरपालिका ८ का वडा अध्यक्ष ओम प्रकाश रोकायाले महिला स्वास्थ्य स्वयम् सेविकालाई झोला उपहार दिएका छन् । वडाभित्रका स्वयम् सेविकालाई मंगलबार आफ्नो सेवा सुविधाबाट उपहार स्वरुप झोला दिएका हुन् ।

एमालेमा उनी भद्र र शालिन स्वभावका नेता मानिन्छन् । अघिल्लो कार्यकालमा उनले दोधारा चाँदनी नगरपालिकाको विधान समितिको नेतृत्व गरेका थिए ।
