सरिनाको उपचारको लागी नगरपालिकाले दियो ५० हजार, युवा अभियानबाट २ लाख २० हजार संकलन

दोधारा । दोधारा चाँदनीका सरिना सुनारको उपचारको लागी नगरपालिकाले रु. ५० हजार उपचार सहयोग गर्ने निर्णय गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले दोधारा चाँदनी नगरपालिका– ९ निवासी १४ वर्षिय सरिना सुनारको उपचारको लागी रु. ५० हजार रकम दिने निर्णय गरेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जनाएका छन् । सरिना सुनारको केही वर्ष अघि आगोले उनको टाउ पोलिएको थियो । आर्थिक अवस्था कमजोर भएको कारण उपचार नसकेका सरिनाका घरपरिवारहरुले बताएका छन् । टाउकोमा जटिल घाउ देखापरे संगै सरिनालाई आरोग्य मेडिकेयर एण्ड डेग्नोष्टीक सेन्टर दोधारा चाँदनी हेल्थपोष्टमा डाक्टर तथा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डा. गगन चौधरीले निशुल्क उपचार गर्दै आएका हुन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले सरिना सुनारको टाउमा जटिल प्रकारको घाउ देखा परेको हुदा उपचारको लागी रु. ५० हजार रकम बिनियोजन गरेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

‘सरिना सुनारको टाउकोमा जटिल प्रकारको घाउ छ्, आर्थिक अवस्था कमजोर भएको कारण उनको उपचारको लागी हामीले कार्यपालिका बैठकबाट रु. ५० हजार रकम बिनियोजन गरेका छौं’ दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले भने । उपचारमा ठुला रकम लाग्ने भएको हुदा दोधारा चाँदनी नगरपालिकाका स्थानिय युवाहरुले उपचारको लागी आर्थिक रकम संकलन समेत गरेका हुन् । स्थानिय नरेन्द्र बुढा लगाएत युवाहरुले ‘सरिना सुनार बचाउ अभियान’ संचालन गरि देश तथा बिदेशबाट उपचार सहयोग संकलन गरेको बताएका छन् ।

युवाहरुले थालेको ‘सरिना सुनार बचाउ अभियान’ मा झण्डै रु. २ लाख २० हजार बढी उपचार रकम संकलन गरिएको स्थानिय युवा नरेन्द्र बुढाले बताएका छन् । सरिनाको आरोग्य मेडिकेयर एण्ड डेग्नोष्टीक सेन्टर दोधारा चाँदनी हेल्थपोष्टमा उपचार हुदै आएको छ् ।

ताजा समाचार