दुई लाख सहित विद्यालयका सदस्य बम अख्तियारको पञ्जामा


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बर्षपछि स्ट्रीङ अप्रेसन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमा १३ महिनामा स्ट्रीङ अप्रेसन गरेको हो । अख्तियार कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत बर्ष ५ साउनमा कैलालीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई ७ लाख ३१ हजार नगद सहित पक्राउ गरेको थियो ।

१३ महिना कुनैपनि भ्रष्टाचारमा संलग्न नगद, भौतिक घुस लिने कर्मचारी, विचौलिया समुह पक्राउ गरेको थिएन । अख्तियार कञ्चनपुरले सो प्रयास भएपनि नगदै, भौतिक समान लिनेदिने काममो यथेष्ट प्रमाण नपाएको हुँदा पक्राउ नगरेको दावि गर्दै आएको छ । चालु आर्थिक बर्षको शुरुवाती चरणमै अख्तियारले विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ गरेको जनाएको छ । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिका सदस्यलाई रंगेहात सहित पक्राउ गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता चेतराज भट्टले बिहीबार गौरीगंगा नगरपालिका ४ कैलालीको कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देब बहादुर बमलाई नगद २लाख सहित पक्राउ गरेको बताए । प्रवक्ता भट्टका अनुसार धनगढीको एक डेरीबाट बमलाई नगद दुई लाख सहित नियन्त्रणमा लिईएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य बमले कार्यरत कर्मचारीलाई सेवा सुविधा बृद्धि गरिदिने प्रलोभनमा पारेपछि अख्तियारले स्ट्रीङ अप्रेसन चलाएर सदस्यलाई नगदै पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।

संघीय सरकारले विद्यालय कर्मचारीको तलब बृद्धि गरेकै भोलीपल्ट यसरी समितिका सदस्यले विद्यालय कर्मचारीबाट मोटो रकम घुस लिने कार्य समेत अर्को अपराध भएको भन्दै विद्यालय कर्मचारी रुष्ट भएका छन ।

अख्तियारले सुदूरपश्चिम प्रदेशमा यसरी सामुदायिक विद्यालयमा शिक्षक कर्मचारीलाई थप सेवा सुविधा बृद्धि गर्ने भनि प्रलोभनमा पार्ने विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ पर्न थालेपछि प्रदेशभरीका सामुदायिक विद्यालय सचेत भएका छन । विद्यालयमा कर्मचारी, शिक्षक भर्नादेखि बढुवा सेवा सुविधा बृद्धिका विषयमा यसरी घुस लिने कार्य बिरुद्ध अख्तियारको एक्सनले अभिभावक हर्षित भएका छन । अख्तियारले सामुदायिक विद्यालयमा हुने घुस लेनदेनदेखिका कमिसन भ्रष्टाचारजन्य गतिबिधी नियन्त्रणमा निरन्तर खटिनुपर्नेमा अभिभावको आग्रह छ ।


Loading Viewer...

ताजा समाचार

spot_img