कञ्चनपुर : भारत उत्तराखण्ड प्रदेशमा रहेको उत्तराखण्ड मुक्त विश्वविद्यालय हल्द्वानीले नेपाल सुदूरपश्चिम कञ्चनपुरमा समेत आफ्ना शैक्षिक कार्यक्रम बारे जानकारी गराएको छ । उत्तराखण्ड प्रदेश सरकारको लगानीमा संचालनमा रहेको उत्तराखण्ड मुक्त विश्वविद्यालय हल्द्वानीले नेपाल सुदूरपश्चिम कञ्चनपुरमा समेत आफ्ना शैक्षिक कार्यक्रम बारे जानकारी गराएको हो । विश्वविद्यालय प्रदेश प्रभारी डा. सुमित प्रशादले सुदूरपश्चिम विश्वविद्यालय सहितका विभिन्न सरकारी गैर सरकारी व्यवसायिक सघ संस्थासंग विश्वविद्यालय बारे जानकारी गराएको बताए ।

उनका अनुसार केन्द्रीय क्याम्पस, कार्यालय हल्द्वानी रहेको र देहरादुन, रुडकी, पौडी, उत्तरकाशी, रानीखेत, कर्ण प्रयाग एव पिथौरागढमा स्थापना भएको बताए । हल्द्वानी कलेजीले प्राध्यापक रेखा विष्टले छिमेकी देश नेपालका पनि विभिन्न रोजगारीमा कार्यरतहरुलाई थप उच्च शिक्षाका लागि स्नातक र स्नाकोत्तर तहमा भर्ना संचालन भएको बताईन । विद्यार्थीले एक पटक भर्नाका लागि भौतिक जाने त्यसपछि अनलाईन र भौतिक परीक्षाका लागि केन्द्रका सहभागि हुनेछन । २००५मा उत्तराखण्ड विधान सभाबाट पारित भई संचालनमा रहेको उक्त खुला विश्वविद्यालले नेपाल सरकार त्रिभुवन विश्वविद्यालय राष्ट्रिय परीक्षा वोर्डसंग समान मान्यता प्राप्तका लागि हुने दावि गरेका छन ।











