औद्योगिक व्यापार मेलाको आज समापन हुने

कञ्चनपुर: फागुन तेस्रो सातादेखि कञ्चनपुरको महेन्द्रनगरमा संचालन भएको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव समापन हुन लागेको छ । २१ फागुनदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव समापन हुन लागेको हो ।

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला एक दिन थप गरेर बिहीबार समापन हुन लागेको आयोजकले जनाएको छ । स्थानीय बस्तु, सेवा, कला, संस्कृतिको प्रर्बद्धनका लागि ०५७ देखि ०८० सम्म आईपुग्दा १५ औँ संस्करको मेला संचालन गर्न लागेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले दर्शकको चाप अनुरुप मेला एक दिन थप गरेर १ चैत्रमा समापन गर्न लागेको बताए । महासचिव बोहराका अनुसार आज दिउँसो २ बजेतिर समापन कार्यक्रम रहेको छ । स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्बद्धन बजारीकरणका लागि मेला संचालन गरिएको बताए ।

महासचिव बोहराले एघार दिनसम्म संचालन हुने महोत्सवमा ३सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रर्दशन गरिएका छन । मनोरन्जनका लागि बाल उद्यानका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन गरिएका थिए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले यस बर्षको मेला समेत सफलतापुर्वक सम्पन्न भएको बताए । अध्यक्ष जोशीले दर्शकको चाहना अनुरुप एक दिन थप भएको बताए । विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए ।

ताजा समाचार