तरकारीको जोहो गर्न शुक्लाफाँटा जंगल पसेका कञ्चनपुरका सबै महिला सकुसल


कञ्चनपुर : च्याउ, पटपुरा टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज(वनजंगल) पसेका कञ्चनपुरका १७ महिला सबै सकुसल रहेको र घर परिवारको सम्पर्कमा आएका छन ।आइतबार बिहान ११बजेतिर च्याउ, पटपुरा टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज(वनजंगल) पसेका कञ्चनपुरका १७ महिला सम्पर्कमा आएका हुन । २४ घण्टाभित्रै उनीहरु घरपरिवारको सम्पर्कमा आएका छन । बर्षातसंगै च्याउ, पटपुरा सहितका तरकारीको जोहो गर्नका लागि जंगल पसेका बेलडाँडी, बेदकोट र भीमदत्त नगरका महिला हराएका थिए । बेलडाँडी गाँउपालिका २का कालिकिचका ३, बेदकोट नगरपालिका १०चतहरीनयाँ गाँउका ३ र भीमदत्त नगरपालिका १९बागफाँटाका ११ महिला सम्पर्कमा आएका हुन । बेलडाँडीका ३ महिलालाई नेपाली सेनाको टोलीले जंगलबाटै उद्दार गरेको छ ।

भने, बागफाँटा र चतहरी नयाँ गाँउका १४ महिलाहरु आफै घर आएका हुन । बर्षातका बेला वनमा पाईने पटपुरा, च्याउ, जिब्रे सहितका तरकारीको जोहो गर्नका लागि उनीहरु समुह समुह बनाएर निकुञ्ज प्रवेस गरेका थिए । भीमदत्त नगरपालिका १९का वडाध्यक्ष जगुराम चौधरीले बागफाँटाका र बेदकोटका १४ महिला बर्षात र बाटो बिर्सिएर जंगलमै बसेको भोलीपल्ट बर्षा रोकिएपछि घर फर्किएको बताए । ति सबै महिला मालुबेला पोष्ट हुदै निकुञ्ज प्रवेस गरेका थिए । बेलडाँडीका महिलासंग मोवाईल भएर खोज्न केही सहज भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी डिएसपी टेक बहादुर रावतले निकुञ्जको जंगलमा हराएका सबै महिलाहरु परिवारको सम्पर्कमा आएको बताए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारी सहित स्थानीयले खोजबिन गरेका थिए ।

सन्तान र घर परिवारका लागि तरकारीको जोहो गर्न जोखिम मोलेर जंगल पसेका आमाहरु घर नफर्किएपछि दुदे बालकदेखिका घरपरिवार चिन्तित भएका थिए । ढिलै भएपनि घर परिवारको सम्पर्कमा आएका परिवारमा खुसियाली छाएको छ । आर्थिक रुपमा विपन्न नहुँदा तरकारीको समेत वनमाथिकै भर पर्दा आफन्त गुमाउनुपर्ने बाध्यता आईलागेकोछ । कञ्चनपुर भीमदत्त, बेदकोट र बेलडाँडीका महिला जंगलमा हराएपछि क्षेत्रका सासदत्रय जनक सिह धामी, दिपक बोहरा, ज्ञानेन्द्र सिह महता सहित, प्रमुख जिल्ला अधिकारी मदन कोईराला, जनप्रतिनिधी, सुरक्षा निकायदेखिका सरोकारवाला गम्भिर भएर खोजउद्दारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img