बाढीको जोखिम बढ्दै गएको अवस्थामा तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई रास्वपाको निर्देशन


पप्पु गुरुङ्ग, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीले मनसुन भित्रिदै गएको अवस्थामा आफ्ना नेता तथा कार्यकर्तालाई बाढीमा जनताको उद्धार र सहयोगमा तयारी अवस्थामा रहन निर्देशन गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोधारा चाँदनी नगरपालिका क्षेत्र बाढीको उच्च जोखिममा रहेको बताउदै मनसुन भित्रिसकेको अवस्थामा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई बाढीबाट हुनसक्ने सम्भावित खतराबाट जनतालाई सहयोग गर्न अपिल गरेको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती पुरन कुमालले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीबाट हुन सक्ने सम्भावित खतरालाई मध्यनजर राख्दै नेता तथा कार्यकर्ताहरुलाई जनताको धनजनको सुरक्षामा लाग्न निर्देशन गरेको उहाँले बताउनुभएको छ् ।

एक कार्यक्रमको बिच रास्वपाका नगरका सबै वडा सभापतीहरुलाई आफ्नो ब्यक्तीगत सहयोगबाट टर्चलाईट र रेनकोट बितरण गरिएको सभापती पुरन कुमालले बताउनुभयो । बाढी आएको बेला उद्धार कार्यमा सहज होस् भन्ने अभिप्रयाले टर्चलाईट र रेनकोट बितरण गरिएको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका क्षेत्र बाढीको उच्च जोखिम रहेको हुदा बाढी ब्यवस्थापनको लागी पार्टी पंक्तीबाट पहल भईरहेको सभापती कुमालले बताउनुभएको छ् । नगर क्षेत्रको बिकास र समृद्धिको लागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीले बिभिन्न समयमा रचनात्मक कार्य गर्दै आएको स्थानियबासीहरुले बताएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img