सामुदायिक विद्यालय सुधार गर्न बेलौरी स्थानीय सरकारको एक्स


कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले कमजोर नतिजा ल्याउने, न्यून विद्यार्थी भएका सामुदायिक विद्यालय समायोजन(मर्ज)देखि डाउनसाईज(घटुला) गरेको छ । सीमावर्ती बेलौरी नगरपालिकाले चालु शैक्षिक सत्र ०८३मा चार विद्यालय समायोजन र चार विद्यालय डाउनसाईज(घटुवा) गरेको हो । बेलौरी नगरपालिका(स्थानीय सरकार)ले कमजोर नतिजा ल्याउने न्यून विद्यार्थी भएका विद्यालयमाथि एक्सन गरेको छ ।

बेलौरीका शिक्षा अधिकृत अमित प्रशाद भट्टले विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधी अनुरुप ०८३को दफा ९(क) अनुरुप २८असार ०८३मा भएको कार्यपालिका बैठकले चार/चार विद्यालय समायोजन र डाउन सायज गरेको बताए । उनका अनुसार जनप्रिय आवि दिनापुरलाई लक्ष्मी मावि जबदीया, विपी स्मृति घारघरुवालाई जनसेवा आवि टेडुवा, गौरीशंकर आवि मोतिपुरलाई सरस्वती मावि बुटाबारी, अग्रासन आवि मोतिपुरलाई शान्ति मावि शान्तिपुरमा समायोजन गरिएको छ । १–५कक्षा रहेका विद्यालयहरु शक्ति आवि कानपुर, शुक्लाफाँटा आवि अण्डैडा, कृष्ण प्रशाद आवि उदपुर, सरस्वती आवि बैशाखीलाई १–३कक्षासम्म मात्रै कायम गरेको छ ।

बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिका साथै सुधारका लागि समायोजनदेखि डाउनसायज गरेको बताए । मेयर चौधरीले नगरका सबै सामुदायिक विद्यालय अब्बल बनाउने उदेश्यका साथ पालिका अघि बढेको बताए । सामुदायिक विद्यालय सुधार गरेर आगामी शैक्षिकसत्रदेखि अब्बल नतिजा ल्याउनुपर्नेमा जोडदिदै सुबै नगरका सामुदायिक विद्यालयले शैक्षिक बृद्धि विकासका कार्यक्रम संचालन गर्न आब्हान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img