औद्योगिक व्यापार मेलामा सुदूरको मौलिक खाने परिकार ‘कोदा र मकैको रोटी’

कञ्चनपुर : सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरु भएको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको मौलिक खाने परिकार राखिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा २१ फागुनदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको मौलिक खाने परिकार राखिएको हो । यहाँका पाँच युवा–विद्यार्थीहरुले मौलिक खाने परिकार कोदो, मकै, मोही र माणाको स्टल राखेका छन । भुवन विष्ट, हिक्मत बम, निरज कार्की, तिलक ठगुन्ना र पंकज जोशीले सुदूरपश्चिमको मौलिक खाने परिकारको सरक्षण, प्रर्बद्धनका लागि महोत्सवमा कोदो, मकैको रोटी, चामलको पिठोबाट बन्ने माणाको स्टल राखेका हुन । युवा विद्यार्थीले मेलाका माध्यमबाट सुदूरको मौलिक खाने परिकार प्रर्बद्धनका लागि सामुहिक रुपमा स्टल राखेको बताए ।

कञ्चनपुरका युवा भुवन विष्टले समाजको विकासक्रमसंगै सुदूरको मौलिक पौष्टिकतत्वयुक्त खाने परिकारको बजाजिकरणका लागि सामुहिक रुपमा स्टल राखेको बताए ।  ‘हाम्रा पुर्खाहरुले मौलिक रुपमा खादै आएको पोषिलो खाने परिकार लोभ भईरहेको अवस्थामा सरक्षणका लागि हामीले प्रयास गरेका छौँ, ‘उनले भने, ‘दर्शकहरुले समेत मनपराईरहेका छन ।’ अखिल क्रान्तिकारी जिल्ला संयोजक समेत रहेका विष्टले आफ्नै मौलिक बस्तुतथा सेवाको प्रर्बद्धन गर्न सके मात्रै आत्मनिर्भर हुने बताए । अर्का युवक हिम्मत बमले अधिकाँस मानिस जम्मा हुने स्थलमा सुदूरको मौलिक खाने परिवार राखेर व्यवसाय बृद्धि विकासका साथै प्रर्बद्धन गर्न चाहेको बताए । ‘हामी बजारको प्याकिङ्ग बस्तु उपभोग गछौँ, ‘उनले भने, ‘सो बस्तुबाट एकातिर रोगी अर्कातिर बेकारमा पैशा खर्च हुन्छ ।’ स्टल राखेका अर्का युवक निरज कार्कीले विगतका बर्षहरुमा लाग्ने मेला महोत्सवमा स्थानीय एव मौलिक खाने परिकार प्रर्बद्धनका लागि स्टल राखेको बताए ।

विद्यार्थी समेत रहेका कार्कीले नयाँ पुुस्तामा आफ्नो मौलिक खाने परिकार पुस्तान्तरणका लागि प्रयास गरेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले सुदूरको मौलिक खाने परिवार कोदो, मकैको रोटीले स्थानीय स्तरमा उत्पादित बस्तुतथा सेवाको प्रर्बद्धन हुने बताए । महासचिव बोहराले यस पटक महोत्सवमा सुदूरका पहाडी–थारु समुदायको लोक संस्कृति झल्किने खाने परिकारदेखि साँस्कृतिक कार्यक्रम प्रर्बद्धन गरिन लागेको बताए । ‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला संचालन गर्न लागेको हो । स्थानीय बस्तु, सेवा, कला, संस्कृतिको प्रर्बद्धनका लागि ०५७ देखि ०८० सम्म आईपुग्दा १५ औँ संस्करको मेला संचालन गर्न लागेको छ । १० दिनसम्म संचालन हुने महोत्सवमा २लाख दशकले मेला अवलोकनदेखि ५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

ताजा समाचार