१६औँ प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता : कैलाली प्रथम, कञ्चनपुर दोस्रो


विकास सिह महता /कञ्चनपुर : १६औँ सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कैलालीले पाएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा डडेल्धुरामा सम्पन्न भएको प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कैलालीले पाएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी गोल्ड ३२, रजत १७ र कास्य ९ गरेर ५८ पदक पाएर प्रथम भएको हो । कैलाली प्रदेश स्तरिय प्रतियोगिताको च्याम्पियन नै बन्न सफल भएको छ । १७ स्वर्ण, १३रजत , १३ कास्य गरेर ४३पदक पाएर कञ्चनपुर दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले उसु खेलमा आफुहरु कमजोर भएकाले प्रादेशिक विजेता बन्नबाट रोकिएको बताए । अध्यक्ष सिहका अनुसार यस पटक दुई कञ्चनपुर प्रदेश च्याम्पियन भएको थियो ।

‘हाम्रो कहाँकहाँ कमिकजोरी रह्यो, अब जिल्ला गएर समिक्षा गछौँ, ‘अध्यक्ष सिहले भने, ‘आगामी दिनमा नतिजा सुुधार तर्फ सुुक्ष्म रुपमा अघि बढ्छौँ ।’ कैलाली, कञ्चनपुर हरेक खेल,खेलाडीका लागि उर्बराभूमि भएकोले पनि उनीहरु विजेता, उपविजेता भएको पहाडी जिल्लाका खेलाडीहरुको भनाई छ । तेस्रोमा डडेल्धुराले ६स्वर्ण, ७कास्य, १७रगत गरेर ३०पदक पाएर तेस्रो स्थान हासिल गर्न सफल भएको छ । ६स्वर्ण, ७कास्य, १३ रजत सहित २६पदक पाएर बैतडीले चौथो स्थान हासिल गरेको छ । ३स्वर्ण, २कास्य, ७रगत गरेर १२पदक पाएर दार्चुला पाचौँ स्थानमा आएको छ । २स्वर्ण, १रजत, ६कास्य गरेर ९पदक पाएर बझाङ्ग छैटौँ स्थानमा आएको छ ।

बाजुरा, डोटी र अछामले गोल्ड ल्याउन नसकेपनि बाजुराले ११रजत, १५ कास्य गरेर २६पदम ल्याएर सातौँ स्थान, डोटीले ४कास्य १२ रजत ल्याएर १६पदक ल्याएर आठौँ र अछामले ४कास्य, ८रजत गरेर १२पदक ल्याएर अन्तिम स्थानमा चित्त बुझाएको छ । हरेक जिल्लाबाट प्रादेशिक प्रतियोगितामा भलिबलतर्फ छात्रछात्र ९/९, कबड्डी छात्रछात्रा ९/९, एथलेक्टिेक्स छात्रछात्रा ११/११, तेक्वाण्डो छात्रछात्रा ६/६, कराँते ६/६ र उसु ६/६ गरेर हरेक पालिकाबाट ९४का दरले ८ सय ४६ खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । कुल ६६गोल्ड, ६६रजत र १सय कास्य पदकविच ९ वटै जिल्लाका खेलाडीविच प्रतिस्पर्धा भएको थियो । सुदूरपश्चिम खेलकुद परिषदका सदस्यसचिव लोक बहादुर खडकाले प्रादेशिक छनौटसंगै अब राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटने बताए ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री मेघराज खडकाले यस पटक पहाडी जिल्लामा प्रतियोगिता आयोजना गरिएको बताउँदै सबैतिर समान अवसरका खेलकुदमै भएको बताएका थिए । समापन समारोहमा समाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले हारजित भन्दा अनुशासनपुर्वक उत्कृष्ठ प्रर्दशन खेलाडीको गहना भएको बताए । मन्त्रीद्वयले प्रादेशिक खेलकुद बृद्धि विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोगको बचन दिएका छन ।तीनदिनसम्म संचालन भएको प्रतियोगितामा खेलाडी, प्रशिक्षक सहित झण्डै १२सय बढी सरोकारवाला एकै क्षेत्रमा जमघट भएका थिए । १४जेठदेखि १६सम्म प्रतियोगिता संचालन भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img