नशामुक्त समाज निर्माणमा जोड


कञ्चनपुर : कञ्चनपुरका सरोकारवालाहरुले सबै प्रकारका नशामुक्त समाज निर्माणमा जोडदिएका छन । हेल्प नेपालले बेदकोट नगरपालिकासंगको सहकार्यमा ‘नशामुक्त समाज निर्माणमा हाम्रो भूमिका विषयक’ सरोकारवालासंग अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले नशामुक्त समाज निर्माणका जोडदिएका हुन । हेल्प नेपालका अध्यक्ष एव धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले विश्व धुम्रपान रहित दिवस ०२६को अवसरमा सरोकारवालाहरुसंग अन्तरकृया गरेको बताए । अभियन्ता चन्दले सार्वजनिक स्थलमा धुम्रपान बिक्रि वितरण तथा सेवन गर्न नपाईने भएपनि कञ्चनपुरका सार्वजनिक स्थलमा खुलेयाम बिक्रि वितरणदेखि उपभोगका कारण त्यसको असर बालबालिकाहरुमा पर्न गएको बताए । उनले समुदाय स्तरबाटै धुम्रपान मुक्त समाजका लागि घर घरबाटै अभिभावक समेत हुनुपर्नेमा सुझाव दिएका छन ।

सरकारको मुख ताक्नु भन्दा पनि आफैले आफ्नो बानी व्यवहार सुधार आवश्यक रहेको उनको सुझाव छ । कार्यक्रममा युवा समाजिक अभियन्ता अंकित जोशीले धुम्रपान मुक्त समाजका लागि सचेतनादेखि कानुनी विषयसंगसंगै अघि बढाउनुपर्नेमा जोडदिए । बेदकोटका युवा तेज ठकुल्लाले धुम्रपान निषेधका लागि बनेका ऐन सरोकारवाला निकायबाट कडाई आवश्यक रहेको औल्याएका छन । टिभी टुडेका संचालक एव बरिष्ठ पत्रकार जनक पन्तले धुम्रपान मुक्त समाज निर्माणका लागि पत्रकारको अहम भूमिका हुने र त्यो निर्वाह गरिरहेको बताए । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले होटल लगायतका क्षेत्रमा कानुन अनुरुप मात्रै धुम्रपान उपभोगमा जोडदिए ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रराज गिरीले धुम्रपान निषेधको ऐन कार्यान्वयनका लागि प्रहरीबाट सक्दो प्रयास हुने र त्यसका समुदाय समेत अग्रसर हुनुपर्नेमा आग्रह गरेका छन । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थलमा धुम्रपान बेचबिखन तथा उपभोगमा रोक लगाउनुका साथै स्वास्थ्यका लागि हानिकारण बस्तु समुदाय स्तरबाटै धुम्रपान त्याग्नुपर्ने सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका मेयर भोजराज बोहराले आफ्नो पालिका सहितका सार्वजनिक स्थलमा धुम्रपान बिक्रि वितरण उपभोगका लागि कडाई गरिने बताए । मेयर बोहराले कार्यालयदेखिका सबै निकायमा ऐन कडार्ई गरिने र त्यसका लागि समुदाय सचेतना आवश्यक रहेको औल्याए । पत्रकार राजेन्द्र विष्टले संचालन गरेको कार्यक्रममा नयाँदेखि पुराना पुस्ता सहितका सरोकारवाला सहभागि भएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img