कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुरले सहिद वेपत्ता परिवारलाई सम्मान गरेको छ । माओवादी केन्द्र कञ्चनपुरले जिल्लाका विभिन्न गाँउबस्तीका सहिद वेपत्ता परिवारलाई सम्मान गरेको हो । माओवादी केन्द्र कञ्चनपुरका सयोजक खेमराज पाण्डेयले सहिद सप्ताह समापन कार्यक्रममा पाटीले जिल्लाभरीका झण्डै २सय सहिद,वेपत्ता परिवारलाई सम्मान गरेको बताए ।
‘जनयुद्ध, दोस्रो जनआन्दोलनका क्रममा सहिद तथा वेपत्ता पारिएका घर परिवारका आफन्तलाई हामीले सम्मान गरेका छौँ, ‘उनले भने, ‘सहिदले देखाएको मार्गमा अघि बढ्ने र सहिदले गरेको योगदानको सम्मानका लागि सम्मान गरेका छौँ ।’ नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरिराजमणी पोखरेलको प्रमुख आथित्यमा भएको सम्मान कार्यक्रममा नेकपा माओवादीका केन्द्र, प्रदेश, जिल्ला, पालिका स्तरका स्थानीय नेता कार्यकर्ताहरु सहभागि रहेका थिए ।
आफ्ना परिवारका सदस्यहरुले गरेको जनयुद्धदेखि दोस्रो जनआन्दोलन सम्मका संघर्षका कार्यक्रममा देहान्त एव वेपत्ता भएका परिवारले मुलुक बनाउनमा गरिएको योगदानको पाटीले कदर गरेको अनुभव व्यक्त गर्दै सहिदको सपना साकार पार्नुपर्नेमा जोडदिएका छन ।