कञ्चनपुर : कञ्चनपुरको एक स्थानीय सरकारले दलित समुदायका पत्रकारहरुको नेतृत्व विकासका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । भीमदत्त नगरपालिकाले दलित समुदायका पत्रकारहरुको नेतृत्व विकासका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो । बुधबार एक कार्यक्तमका विच भीमदत्त नगरपालिकाको आर्थिक सहयोग, परशुराम मिडिया प्रालिको आयोजना एव राष्ट्रिय दलित पत्रकार महासघ शाखा कञ्चनपुरको समन्वयमा उक्त कार्यक्रम गरिएको जनाएको छ ।

कार्यक्रममा बरिष्ठ पत्रकारद्वय चित्राङ्क थापा, खेम भण्डारीले शिक्षण दिएका थिए । प्रशिक्षण दिदै बरिष्ठ पत्रकारद्वय थापा र भण्डारीले दलित समुदायका पत्रकारहरुले समेत आफ्नो क्षमता विस्तारमा जोडदिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले निरन्तर पत्रकारितामा आचारसंहिता अनुरुप अघि बढ्नुपर्नेमा जोडदिए । यस्तै नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष माधव सिह धामीले ईमान्दारितापुर्वक पत्रकारिता गर्नुपर्नेमा सुझाव दिए ।

कार्यक्रममा सहभागि दलित समुदायका पत्रकारहरुले भीमदत्त नगरपालिकाले आयोजना गरेको कार्यक्रमबाट केही नयाँ विषयबस्तु बारे जानकारी भएको बताएका छन । दलित समुदायका अगुवा पत्रकारद्वय रवि विवश, सुजित रमेश सिनालले दलित समुदायका पत्रकारको क्षमता अभिबृद्धिका लागि भीमदत्त नगरपालिकाले गरेको सहयोगले केही अभिमुखिकरण भएको बताउँदै तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयनमा जोडदिएका छन । परशुराम मिडिया प्रालिका संचालक धन बहादुर बोहराले दलित समुदायका पत्रकारको क्षमता विस्तारका लागि भएको कार्यक्तमबाट पत्रकारिता सम्बन्धीको अभिबृद्धि भएको ज्ञान व्यवहारिक कार्यान्वयमा सुझाव दिए । विभिन्न मिडियामा कार्यरत दलित समुदायका पत्रकारहरुको सहभागिता रहेको थियो ।











