दोधारा चाँदनीमा राप्रपाको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम


दोधारा । दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ९ लंका टोलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक कार्यक्रमको बिच अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीका सचिव भुवन चन्द्र ओझाले जानकारी दिएका छन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुदुरपश्चिम प्रदेश सभाका अध्यक्ष धर्मराज जोशी, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष बिक्रम चन्द, वडाध्यक्ष केशव खत्री, वडा सदस्य दिनेश थापा मगर, राप्रपा दोधारा चाँदनीका नगर अध्यक्ष बिर बहादुर शाह, नगर सचिव भुवन चन्द्र ओझा, राप्रपा दोधारा चाँदनीका पुर्व नगर अध्यक्ष अमर बहादुर बोहरा लगाएत राप्रपा का नेता, कार्यकर्ता तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

राप्रपाका नेता तथा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले आफु र वडा नं. १ का वडाध्यक्ष बिक्रम चन्दले आफुले पाउने सरकारी तलव सुबिद्याबाट जनताको सेवा गर्दै आएको बताउदै पिडामा रहेका जोकोहीलाई आफुहरुले मन लगाएर सहयोग गर्दै आएको बताएका छन् । आफुहरु निर्वाचित भएर जनताको सेवा गर्ने प्रण लिएको बताउदै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राप्रपाबाट टिकट पाएर निर्वाचित भएका वडाध्यक्षहरुले जनताको दुखमा सदा समर्पित रहदै आएको वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।

आर्थिक अवस्था दैनिय भएर पढ्न नपाएका बिद्यार्थी, उपचार गर्न नसकेकाहरुलाई सदा सहयोग गर्दै आएको वडाध्यक्ष खत्रीले कार्यक्रममा बताएका छन् । ‘हामीहरुले जनताको लागी काम गर्ने हो, पिडामा रहेका जनताको सहयोगको लागी हामी सदैव तयार छौं’ वडाध्यक्ष केशव खत्रीले भने । संघियता र गणतन्त्र पछि बनाईएका राष्ट्रपतिहरुले कार्यकर्तालाई सल्लाहाकार तथा विज्ञका नाममा नियुक्ति दिने र खरवौं सिध्याएको भन्दै अब मुलुकका लागि शासन गर्ने राजा हैन देशलाई अभिभावकोरुपमा राजा चाहिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुदुरपश्चिम प्रदेश सभाका अध्यक्ष धर्मराज जोशी बताएका छन् ।

देश संघियताले टाट पल्टेको बताउदै देशमा युवाहरु पलायन भएर खाडी मुलुकमा जादै गरेको अवस्थामा देश र राष्ट्रलाई जोगाउन राप्रपा पार्टीनै एक मात्र पार्टी रहेको. उनले बताएका छन् । नेपाली काग्रेंस, एमाले, माओबादी लगाएत पार्टीले देशलाई नाङगो बनाएका बताउदै राष्ट्रिय प्रजातन्त्र पार्टी शुदुरपश्चिम प्रदेश सभाका अध्यक्ष जोशी अबका दिनहरुमा नेपाली जनताहरु देशका लागी गम्भिर नभएर देश अझै बरबादी तर्फ जानै पक्का भएको बताए ।

कार्यक्रममा स्थानियहरुले राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई फुलमालाले स्वागत गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img