नबबुद्ध सहकारीका ठगिमा मुछिएका तामाङ्गलाई एमालेले बनायो बागमती सरकारको मन्त्री


कञ्चनपुर : बामगमती प्रदेशका नेकपा एमाले नेता ज्ञान बहादुर तामाङ्ग मन्त्रीका नियुक्त भएपछि पाटीभित्र र बाहिर आलोचना मात्रै होईन राजनीतिक वृतमा मानिसले नाक थुनिरहेको, जिब्रो काटिरहेका छन । समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य भएका तामाङ्गलाई एमालेले बागमती प्रदेशमा मन्त्री बनाएपछि मानिसले नाक थुनिरहेको, जिब्रो काटिरहेका हुन । एमालेका तर्फबाट समानुपातिक सांसद रहेका ज्ञानबहादुर तामाङ ०७९ सम्म नेसनल नमोबुद्ध सहकारीको अध्यक्ष थिए । २९ पुस ०७९ मा भएको सहकारीको अधिवेशनबाट राजकुमार लामाको नेतृत्वमा नयाँ सञ्चालक समिति आयो । उनीहरू दुवैको कार्यकालमा झन्डै ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड हिनामिना भएको सहकारी रजिस्ट्रार कार्यालयको प्रारम्भिक अनुसन्धानमा खुलिसकेको छ । यही कारण तामाङ लामो अवधि सम्पर्कविहीनसमेत बनेका थिए ।

सहकारीको अध्यक्ष रहेका वेला तामाङले महँगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्त रकम उठाए । यसरी उठाएको रकमबाट नुवाकोटको लिखु गाउँपालिका– ९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरे । सहकारीको पैसाबाट किनिएको जग्गा गैरकानुनी रूपमा नुवाकोटकै ककनी गाउँपालिका– ९ की चिनीमाया लामाको नाममा पास गरे । त्यही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीका नाममा १४ करोड ऋण लिए र मनपरी खर्च गरे । सहकारीका करिब ११ हजार बचतकर्ताको डेढ अर्ब हिनामिनामा संलग्न ज्ञानबहादुर तामाङलाई एमालेले बागमती प्रदेशको मन्त्री बनाएको छ । नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले उनलाई बिहीबार विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । सडकमा न्यायको गुहार मागिरहेका पीडितका अगाडि अब उनी झन्डावाल गाडीमा कुद्नेछन् । काभ्रे घर भएका तामाङ एमालेको समानुपातिक सांसद हुन् । उनी काठमाडौंको सामाखुसीमा मुख्य कार्यालय रहेको नेसनल नमोबुद्ध सहकारीको सञ्चालकमध्येका एक हुन् । लामो समय उनी त्यसको अध्यक्ष रहे । उनी र त्यसपछिका अध्यक्षको कार्यकालमा बचतकर्ताको एक अर्ब ५२ करोड हिनामिना भएको सहकारी रजिस्ट्रार कार्यालयको प्रारम्भिक अनुसन्धानमा खुलिसकेको छ ।

यही कारण तामाङ लामो अवधि सम्पर्कविहीन बनेका थिए ।तामाङको सहकारीलाई प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले २८ पुस ०८१ मै समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै सहकारीको कार्यालयमा ताला लगाइएको छ । विभागीय जिम्मेवारी पाइनसकेका तामाङले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिन ‘लबिङ’ गरिरहेको स्रोतको भनाइ छ । २९ पुस ०७९ सम्म तामाङ नमोबुद्धको अध्यक्ष थिए । सहकारीको २२औँ अधिवेशनपछि राजकुमार लामा अध्यक्ष छन् । स्थापना भएको डेढ दशकमा सहकारीले बचतकर्ताको संख्या करिब ११ हजार पु¥यायो र उनीहरूबाट झन्डै दुई अर्ब रुपैयाँभन्दा धेरै बचत संकलन ग¥यो । त्यसमध्ये डेढ अर्ब त दुरुपयोग नै भयो । आफूहरूले गरेको बचत हिनामिना भएको थाहा पाएपछि बचतकर्ताले सामूहिक र एकल गरेर ०८१ असोजमै प्रदेश सहकारी रजिस्टार कार्यालयमा उजुरी दिएका थिए । तर, सत्ताको आडमा लामो समय छानबिन नै गरिएन । त्यतिवेला तामाङको पार्टी एमाले सरकारमा थियो ।

पछि मिडियामार्फत चर्को दबाब परेपछि मात्रै प्रारम्भिक छानबिन गरेर नमोबुद्ध सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । यो सहकारीमा अहिले अध्यक्ष राजकुमार लामासँगै उपाध्यक्ष विमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ, सदस्य बाबुराम लोप्चन र बुद्धिबहादुर तामाङ छन् । त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरबहादुर तामाङ, सदस्यमा कुमारी आले र पृथ्वी तामाङ छन् । तर, उनीहरू कार्यालय कम आउने गर्छन् । सहकारीको अध्यक्ष रहेका वेला तामाङले महँगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्त रकम उठाए । यसरी उठाएको रकमबाट गैरकानुनी रूपमा व्यक्तिका नाममा जग्गा खरिद गरे । त्यही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीका नाममा १४ करोड ऋण लिए र मनपरी खर्च गरे । यसरी उनले बचतकर्तालाई मात्र होइन, सहकारी बैंकलाई पनि ठगे ।

प्रदेशको सहकारी मन्त्रालयले नमोबुद्धलाई समस्याग्रस्त घोषणा गरेलगत्तै तामाङसहितका सञ्चालकहरू निर्णय रोक्न माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनीहरूको रिट खारेज गरिदिएको थियो ।समस्याग्रस्त घोषणा भएलगत्तै २९ पुस ०८१ मा सहकारीमा तालाबन्दी गरिएको थियो । प्रदेश सहकारी रजिस्टार कार्यालयले सहकारीबाट कम्युटरका हार्डडिक्स र अन्य कागजात जफत गरेको थियो । प्रदेशस्थित रजिस्टारको कार्यालयबाटै समस्या समाधान गर्ने वा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई सिफारिस गर्ने सम्बन्धमा अध्ययन हुँदै गर्दा प्रक्रिया बिचमै रोकियो । जुन अहिलेसम्म अघि बढेको छैन । नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङले महँगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्त रकम उठाए । यसरी उठाएको रकमबाट गैरकानुनी रूपमा व्यक्तिका नाममा जग्गा खरिद गरे । तामाङसहितका सञ्चालकले सहकारीको रकमबाट नुवाकोटको लिखु गाउँपालिका– ९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेका थिए । तर, सबै जग्गा नुवाकोटकै ककनी गाउँपालिका– ९ की चिनीमाया लामाको नाममा पास गरे ।

त्यही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीका नाममा १४ करोड ऋण लिए र मनपरी खर्च गरे । सुरुका केही किस्ता ऋण पनि तिर्दै गए । तर, जब सयम घर्किँदै गयो, ऋण तिर्न आलटाल गर्दै गए । बैंकले ऋण तिर्न ताकेता ग¥यो । तर, विभिन्न बहाना देखाउँदै उनले तिर्ने भाका बदल्दै गए । केही सिप नलागेपछि बैंकले तामाङको नाममा गत १४ जेठमा ३५ दिने सूचना नै सार्बजनिक गरेको थियो । बैंकले जारी गरेको सूचना तामाङसहित सहकारीका वर्तमान अध्यक्ष राजकुमार लामा, उपाध्यक्ष विमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ, सदस्यहरू बाबुराम लोप्चन, बुद्धिबहादुर तामाङ र पेम्बा शेर्पाको नाममा थियो । तर, उनीहरूले अझै ऋण चुक्ता गरेका छैनन् । ऋण लिँदा सांसद ज्ञानबहादुर र बुद्धिबहादुर प्रमुख निर्णयकर्ता थिए । बाँकी भने जमानी मात्रै बसेका थिए । हो, यसरी नै ठुला पुराना दलले ठगिमा मुछिएका हजारौँ जनताको रकम अपचलनमा मुछिएका मानिसलाई सत्ताको बागडोर दिएपछि जनता पुरानाप्रति वितृष्णीत भई नयाँ दलतिर आर्कषित भईरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img