छ दिने व्यवसायीक बाख्रपालन तालिमको समापन


झलारी : दीगो आम्दानी द्वारा महिला उद्यमीहरुको सशक्तिकरण परियोजना अन्र्तगत सञ्चालित छ दिने आधारभूत व्यवसायीक बाख्रपालन तालिमको सोमवार झलारीमा समापन गरिएको छ । एफसिए/ डव्लुवीको आर्थिक सहयोगमा निडस नेपालको संयुक्त साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत तालिम सञ्चालन गरिएको हो । तालिममा बेदकोट नगरपालिका वडा नं ४, ५ र कृष्णपुर नगरपालिका वडा नं २ र ४ का गरी २२ जना महिलालाई व्यवसायीक बाख्रपालन सम्बन्धी तालिम दिईएको निडसका कार्यक्रम संयोजक सुनी भण्डारीले बताउनु भयो ।

No description available.

उहाँका अनुसार महिलाहरुलाई बाख्रपालनका लागि खोर व्यवस्थापन, स्वास्थ्योपचार, दाना, घाँसको मात्रा, प्रजनन, परजीवि नियन्त्रण लगायत बारे तालिमका क्रममा प्रशिक्षकले प्रशिक्षण दिनु भएको छ ।तालिमा सहभागीहरुलाई जनही दुई वटाका दरले बाख्रा उपलव्ध गराउने कार्यक्रम समेत रहेको उहाँले उल्लेख गर्नु भयो । तालिममा आर्थिक रुपमा विपन्न अबस्थाका दलित, जनजाती, अपाङ्ग, सिमान्तकृत परिवारका र एकल महिलाको सहभागीता रहेको उहाँले बताउनु भयो । तालिममा सहभागी महिलाहरुले तालिम उपलव्धीमूलक भएकाले बाख्रापालन गर्नका लागि हौसला थपिएको बताउनु भयो । “परियोजनाको छनौटमा परेका एक सय २० परिवारका महिलाहरुलाई दीगो आम्दानी गरी उद्यमी बनाउने उद्देश्यले तालिम सञ्चालन गर्दै आएका छौं”।

No description available.

कार्यक्रम संयोजक भण्डारीले भन्नु भयो, “ती परिवारका सदस्यलाई तालिम दिई दक्ष बनाउनमा लागेका छौं ।” यस अघि परियोजना अन्र्तगत २० जना महिलालाई व्यवसायीक बाख्रपालन सम्बन्धी तालिम संगै जनही दुई वटा बाख्रा सहयोग गरिएको छ । दश जना महिलालाई खाजा नास्ता बनाउने तालिम संगै आवश्यक सामग्री उपलव्ध गराईएको छ । अठार जना महिलालाई व्यवसायीक कुखुरापालन सम्बन्धी तालिम संगै आयआर्जनमा टेवा पुरयाउन कुखुरा समेत वितरण गएिको उहाँको भनाई रहेको छ । परियोजनाले सञ्चालन गरेका कार्यक्रममा समेटिएका परिवारका बाँकीलाई सीपमूलक बुटिक,दुना टपरी गाँस्ने,अटो रिपेरिङ, ड्राईभिङ, राजमिस्त्री लगायतका तालिम दिने लक्ष्य राखिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img