स्थानीय कृषि उत्पादनामा जोड


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा राष्ट्रिय उत्पादन तथा संरक्षण महासंघ को अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।सोमबार भीमदत्त नगरपालिकामाको सभाहलमा राष्ट्रिय उत्पादन तथा संरक्षण महासंघको आयोजनामा ‘देश भरका कृषक उद्यमी एक हौं १’ भन्ने मूल नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरेको हो।

उक्त कार्यक्रममा कञ्चनपुरका विभिन्न व्यवसाय गरिरहेका कृषक,उद्यमीहरुलाई समावेश गरेर वस्तु उत्पादन तथा बजार संरक्षणको बारेमा अन्तरक्रिया भएको थियो। कृषक,उद्यमीहरुले नेपालको यस कञ्चनपुर क्षेत्रमा खुला सिमानाको कारणले हाम्रो उत्पादनले बजार पाइरहेको छैन भन्दै आफूले जती लगानी गरेर कृषि,व्यवसाय उत्पादन गर्दा पनि आफ्नो उत्पादन गरेको वस्तु बजारसम्म नपुगेको गुनासो व्यक्त गरेका छन्।

उक्त राष्ट्रिय उत्पादन तथा संरक्षण महासंघका केन्द्रीय संयोजक रामराज आचार्यले उत्पादन बढाउन कृषी हाटबजारको व्यवस्थापन गरी कृषक,उद्यमीहरुलाई उनीहरूले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्ने कुरामा जोड् दिएका थिए।यसैगरी गोपाल पौडेलले अर्काको देशको उत्पादन कति खाने भन्दै आफ्नै देशको केही खाउ र आफ्नो क्षेत्रमा केही उत्पादन बढाउ भनेर कृषक उद्यमीहरुलाई आग्रह समेत गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img