राष्ट्रिय बाणिज्य बैंकको ५९औं बार्षिकोत्सवको अवसरमा वित्तिय साक्षरता कार्यक्रम

कञ्चनपुर : राष्ट्रिय वाणिज्य बंैकको शाखा कार्यालय महेन्द्रनगरद्घारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बाणिज्य बैंकको महेन्द्रनगर शाखाले बंैक लि. को ५९ ओ वार्षिकोत्सवको अवसरमा कंचन बिद्या मन्दिर सामूदायिक कलेजमा बित्तिय साक्षरता कार्याक्रम सम्पन्न गरेको हो । बंैकको ५९ ओ वार्षिकोत्सवको अवसरमा बंैक, बिमा तथा बित्तिय सम्बन्धि जानकारी दिने उद्घेश्यले कार्याक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिल डा. राज कुमार साउद सहित एम.बि.एस. र बि.बि.एस मा अध्ययनरत करिब ८० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बुधबार बैंक स्थापना भएको ५८ बर्ष पुरा भएर ५९ औ बर्षमा प्रदेश गरेको हो । कार्याक्रममा राष्ट्रिय वाणिज्य बंैक लि. शाखा कार्यालय महेन्द्रनगरका शाखा प्रबन्धक श्री त्रिचन्द्र भण्डारीले बंैक, बिमा तथा बित्तिय जानकारी मुलक प्रस्तुती दिनु भएको थियो । हाल बैकले ७७ जिल्लामा २८६ शाखाहरुबाट सेवाहरु दिदै आएको छ ।

ताजा समाचार