राष्ट्रिय बाणिज्य बैंक महेन्द्रनगर शाखाले विबिध कार्यक्रम गरी ५९औँ स्थापना दिवस मनायो

महेन्द्रनगर : राष्ट्रिय बाणिज्य बैंक महेन्द्रनगर शाखाले विबिध कार्यक्रम गरी ५९औँ स्थापना दिवस मनाएको छ । बुधबार राष्ट्रिय बाणिज्य बैंक महेन्द्रनगर शाखाका प्रमुख त्रिचन्द्र भण्डारीको सभापतित्वमा भएको स्थापना दिवस समारोहको प्रमुख अतिथिमा कोष तथा लेखा नियन्त्रण कार्यालय महेन्द्रनगरका प्रमुख तिर्थराज ओझा प्रमुख अतिथि रहेका थिए भने विशिष्ठ अतिथिमा सेवा निबृत पुर्व विभागिय प्रमुख नवराज भट्ट र पुर्व क्षेत्रिय प्रबन्धक प्रेम चन्द रहनु भएको थियो ।

शाखा कार्यालयसंग राम्रो कारोबार गर्ने सेवाग्राहीलाई शाखा कार्यालयले सम्मान समेत गरेको छ । सम्मानित हुनेमा केदार एग्रो ईण्डट्रिज, गलबाब हार्डवयर, खगेश्वर बोहरा, शिवशंकर ईटा तथा टायल उद्योग, दिपक भट्ट, हेमराज जोशी, क्षेत्र कुमार नेपाल, देवकी चन्द र ग्रीन जोन इको प्रालि रहेका छन् ।
आज बैंक ५८ वर्ष पूरा गरी ५९ औं वर्षमा प्रवेश गरेको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २८६ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, ३०० वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग सेवा दिईरहेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरूप चालु आवभित्रमा शाखा सङ्ख्या तीन सय २० पु¥याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको छ । दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिकस्तर वृद्धिका लागि शैक्षिक सामग्री वितरण, विभिन्न धार्मिक तथा सांस्कृतिक सम्वर्द्धन क्षेत्रमा पनि बैंकले सहयोग गरिहेको छ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी ३० अर्ब रूपैयाँ, जारी र चुक्ता शेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रूपैयाँ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष ५० अर्ब ७४ करोड रूपैयाँ रहेको छ ।
राष्ट्रिय बाणिज्य बैंक २०२२ सालमा स्थापना भएको पुर्ण सरकारी स्वमित्वको बैंक हो ।

ताजा समाचार