आमाको स्मृतिमा ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिपेश धामीद्वारा अनाथ बालबालिकालाई जर्सी

कञ्चनपुर: ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले अनाथ बालबालिकाहरुलाई जर्सी(पोषाक) वितरण गरेका छन । ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले कञ्चनपुरका अनाथ बालबालिकाहरुलाई जर्सी(पोषाक) वितरण गरेका हुन । हाल अमेरिकामा रहेका ब्याटमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिनेश धामीले भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका बस्दै आएमा अनाथ बालबालिकाहरुलाई जर्सी वितरण गरेका छन । उनले बाबु हरक सिह धामी र दाजु दुर्गोश धामी मार्फत आमा झुपादेवी धामीको स्मृतिमा अनाथ बालबालिकालाई जर्सी वितरण गरेका छन ।
शनिबार एक कार्यक्तमका विच अनाथ बालबालिकाहरुलाई जर्सी वितरण गरेका हुन । भीमदत्त नगरपालिका ६ऐठपुरका स्थानीय समेत रहेका धामीले आमाको स्मृतिमा अनाथ बालबालिकाहरुलाई प्रति एक जोरका दरले पोषाक वितरण गरेका छन । दिपेशका बाबु हरक सिह धामीले समाजिक कार्य गर्ने उदेश्यका साथ छोरा दिपेशकै योजनामा अनाथ बालबालिकालाई कपडा वितरण गरेको बताए । उनले हरेक बर्ष समाजिक काम गर्दै आएको बतनाए । कार्यक्रममा भलिबल संघका पदाधिकारी एव अनाथालयका पदाधिकारीले धामी परिवारप्रति आभार प्रकट गरेका छन । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले आफु विदेशमा भएपनि दिपेशले मामृतभूमिका रहेका अनाथ बालबालिकाहरुलाई सरानिय काम गरेको बताए ।
सुदूरपश्चिम प्रदेश खेलकुद समितिका सदस्य सचिव दिपक सिहले ब्याडमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी दिपेश धामीले गरेको कामप्रति आभार प्रकट गर्दै, भावि दिनमा खेलकुदको बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । समाजकल्याण बाल अञ्चल अनाथालयका उपाध्यक्ष हिरा चन्दले यसरी नै दाताहरुको चलिरहेको बताए । उनले स्थानीय सरकारबाट सहयोग नपाईएको दुखेपो पोखेका छन । कार्यक्रममा खेलाडी, अनाथालयका पदाधिकारी, समाजसेवी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार