पप्पु गुरुङ्ग, कञ्चनपुर । बाढीबाट हुनसक्ने जोखिम न्युनिकरणको लागी सुन्दरनगर बस्तीमा घरदैलो गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगरमा बाढीबाट हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न घरदैलोमा पुगी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको सुन्दर प्रकृतिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका सदस्य निरु कुमारी रानाले जानकारी दिनुभएको छ् । सुन्दरनगर बस्ती बाढीको उच्च जोखिममा रहेको र मनसुन भित्रिसकेको अवस्थामा बाढीबाट हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न घर दैलोमा पुगी बाढीबाट बच्ने तयारी सहित जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरिएको उहाँले बताउनुभयो ।

भारत संग जोडिएको सुन्दरनगर बस्तीमा जगबुडा नदीको भंगालो बस्तीमा पसेर वर्षायाममा वर्षेनी ठुलो धनमालको क्षती बनाउदै आएको सुन्दर प्रकृतिक विपद् व्यवस्थापन समितिका सदस्य निरु कुमारी रानाले बताउनुभयो । निड्स नेपाल र अक्सफाम नेपालको सहयोग र सुन्दर प्रकृतिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीको आयोजनामा घरदैलोमा पुगी बाढीबाट हुनसक्ने जोखिम न्युनिकरण गर्न सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभएको छ् ।

निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बाढीको उच्च जोखिममा रहेको सुन्दरनगर बस्तीमा संस्थाले बाढीको जोखिम न्युनिकरण गर्न तथा स्थानियबासीको जिविकोपार्जनमा सहयोग गर्न बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभएको छ् ।











