जोखिम न्युनिकरणका लागी दोधारा चाँदनीको सुन्दरनगरमा बाढीको पुर्व तयारी


कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा बाढीको पुर्व तयारी बैठक सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगर बस्तीमा बाढीको पुर्व तयारी बैठक सम्पन्न भएको हो । मानसुन भित्रिएको अवस्थामा बाढीबाट हुनसक्ने सम्भावित क्षतीलाई न्युनिकरण गर्न सुन्दर प्रकृतिक सामुदायिक विपद् व्यवस्थापन समितिको तयारी बैठक सम्पन्न भएको सुन्दर प्रकृतिक सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक सर्वजित रोकायाले बताउनुभएको छ् । बैठकमा खोज तथा उद्धार कार्य दलहरुलाई सामग्री बितरण समेत गरिएको संयोजक सर्वजित रोकायाले बताउनुभयो ।

वर्षेनी जगबुडा नदीमा आएको बाढी बस्तीमा पसेर ठुलो धनजनको क्षती बनाएको अवस्थामा यस पटक जोखिम न्युनिकरण गर्नको लागी कृत्रिम नमुना अभ्यास, सचेतनाको लागी सडक नाटक, मुठ्ठी दान तथा घरदैलो कार्यक्रम गरि बाढीको पुर्व तयारी गरिएको संयोजक रोकायाले बताउनुभएको छ् । वर्खायाम सुरु भए संगै कार्य दलहरुलाई उच्च तयारीमा राख्न बिशेष बैठक सञ्चालन गरि बाढीको पुर्व तयारी सुरु गरिएको उहाँले बताउनुभयो ।

१ सय ३० घरधुरी रहेको सुन्दरनगर बस्ती जोगाउन नेपाल सरकारले जगबुडा नदीमा दिर्घकालिनरुपमा पक्की तटबन्ध निमार्ण गर्नमा ढिलाई गर्दै आएको स्थानियबासीहरुको भनाई रहेको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img