वेदकोट नगरपालिकामा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिकामा पालिका स्तरीय आधारभुत तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।  वेदकोट नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा पालिकाका १८ वटा विद्यालयको सहभागिता रहेको थियो ।  शुक्रबार वेदकोट नगरपालिका १० मा रहेको  श्री शिशु विद्या मन्दिरको व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।  प्रतियोगिताबाट बाल संसार इङ्गलिस स्कुल सामादैजी प्रथम, भुवनेश्वरी मा बि सिसैया द्वितीय, शिशु विद्या मन्दिर दैजी र अरनिको इङ्गलिस स्कुल भम्का तृतीय र  जनता मावि गौजीले सान्त्वना स्थान प्राप्त गरेको छ।

कार्यक्रमकी अध्यक्ष तथा वेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु थापाले यस्ता प्रतियोगिताहरूले विद्यार्थीको बाह्य ज्ञान वृद्धि विकासमा सेवा पुग्ने बताइन। साथै विद्यार्थीले सिकाइ किताबमा मात्रै सीमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्ने उनको भनाई रहेको छ। प्रमुख अतिथि वेदकोट नगरपालिका उप-प्रमुख तुलसी जोशीले विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाउनमा अतिरिक्त कृयाकलापको महत्वपूर्ण भूमिका रहेको बताएकी छन्। यसै उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताइन्। साथै उप प्रमुख जोशीले यस्ता प्रतियोगिता तथा कार्यक्रमहरू निरन्तर गरिरहने प्रतिवद्धता समेत गरिन्।

प्रतियोगितामा प्रथम, दितिय, तृतीय र सान्त्वना स्था स्थान प्राप्त गर्न सफल विद्यार्थीलाई नगद सहित प्रमाण पत्र वितरण गरिएको छ। वेदकोट नगरपालिका उप-प्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा वेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु थापाको कार्यक्रमको अध्यक्षता रहेको थियो । कार्यक्रमको सञ्चालन नवराज पन्त र राकेश बहादुर चन्दले गरेका थिए ।

ताजा समाचार