पार्टीमा नयाँ पुस्ताको आगमनले उत्साह जगाएको छ् : नेता कुमाल


दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले पार्टी संगठनमा नयाँ पुस्ताको आगमनले आफुहरुलाई थप उत्साहित बनाएका बताउनुभएको छ् । संगठन बिस्तार तथा सुद्दढीकरण अभियानलाई थप उचाईमा पुर्‍याउन आफ्नो पहल रहदै आएको नगर सभापती पुरन कुमालले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापती तथा नगर क्षेत्रमा रास्वपाको बिजारोपण गर्ने ब्यक्तीकोरुपमा रहेका नेता पुरन कुमालले संगठन विस्तारको संगै रचनात्मक अभियानलाई अघि बढाउदै जाने बताउनुभयो । नेतृत्वपंक्तीको निर्देशन तथा लक्ष्य प्राप्ति र प्रभावकारिताका लागि योजनाबद्ध तरिकाले दोधारा चाँदनी नगरपालिकामा पार्टी अगाडी बढ्दै आएको दाबी गर्नुभएको छ् ।

नेता कुमालले पार्टीको जिम्मेवारी पाए संग जनता संग समन्वय गरि रचनात्मक कार्यक्रममा आफ्नो संगठनलाई अघि बढाउदै आउनुभएको छ । देश घण्टीमय भएको अवस्थामा आगामी स्थानिय निर्वाचनमा समेत दोधारा चाँदनी नगरपालिकामा बहुमतले रास्वपाको नेतृत्व रहने दाबी गर्नुभयो । पार्टी सञ्चालनमा आफ्ना नेता तथा कार्यकर्ता सहयोगकै कारण नगर क्षेत्रमा पार्टीले नयाँ उचाई पाएको नेता पुरन कुमालको भनाई छ् ।

दोधारा चाँदनी नगरपालिकामा दशै वटा वडाहरुमा वडा कमिटि तथा भातृ संगठनहरु क्रियाशिल रहदै आएको अवस्थामा संगठन विस्तारको अभियानलाई प्रभावकारी बनाउन योजनाबद्ध कार्यदिशा, जनपरिचालन र सुद्दढ गर्न जहिले पनि सही नेतृत्व आवश्यक रहने नेता कुमालले बताउनुभयो ।

जिल्ला, प्रदेश र केन्द्रका नेताहरु सित राम्रो सम्बन्ध बनाउनुभएका नेता कुमालले संगठन बिस्तारमा नयाँ पुस्ताको आगमनले पार्टीलाई थप नयाँ दिशा तिर डर्‍योराउने बिश्वास ब्यक्त गर्नुभएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img