रौलेश्वर मा.वि आदर्श कप पुरुष स्कुल स्तरीय फुटबल प्रतियोगिताको फाइनल प्रवेश

खेल्दा जर्सी एकता युवा समाज , नाम रौलेश्वर मा वि, मेहनत विद्यार्थीको र आफ्नै लगानीमा प्रतियोगिता खेल्दै कञ्चनपुरमा खेल माध्यम बाट बेलडाँडि गा पा लाई चिनाउदै खेलाडी

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजना गरिएको आदर्श कप पुरुष स्कुल स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा रौलेश्वर माध्यामिक विद्यालय बेलडाँडी पुगेको छ।शुक्रबार भएको क्वाटरफाइनलको पहिलो खेल रौलेश्वर मा वि र गोदावरी होटेल म्यानेजमेन्ट बिच प्रतिस्पर्धात्मक खेल भएको थियो। उक्त खेलमा गोदावरी होटेल म्यानेजमेन्ट लाई ०-१ गोलले हराउदै सेमिफाइनल प्रवेश गरेको थियो।जसमा प्रतियोगिताको पहिलो सेमिफाइनल खेल शुक्रबार  सोही दिन उदयदेव माध्यमिक विद्यालय सुन्दरपुर र रौलेश्वर माध्यमिक विद्यालय बिच भएको रोमाञ्चक खेलको निर्धारित समयमा १-१ गोलको बराबरी संगै खेल ट्राइबेकरमा पुगेको थियो। जसमा ट्राइबेकरमा ४-४ गोलको बराबरी संगै सटनदेतमा उदयदेव लाई हराउदै रौलेश्वर प्रतियोगिताको फाइनलको यात्रा तय गरेको हो।दोस्रो सेमिफाइनल सनिवार आयोजक टिम आदर्श र इन्टरनेशनल पब्लिक स्कुल टिम “बि”  बिच बिहान ११ बजे प्रतिस्पर्धा हुने छ । उक्त खेलमा जित हासिल गर्ने टिमले आइतबार फाइनल प्रतिस्पर्धा रौलेश्वर मा.वि को सामना गर्ने छ।प्रतियोगितामा विजेता टिमलाई पुरस्कार नगद ३५ हजार ट्रफी प्रमाणपत्र ,मेडेल,र उपविजेता हुने टिमले १५ हजार ट्रफी प्रमाणपत्र, मेडल हात पार्ने छ। प्रतियोगितामा इन्ट्री फिस ५ हजार तोकेको थियो। जसमा बाहिरको टिम १० वटा र आयोजक १ टिम लगाएर ११ टिम रहेका आयोजक स्कुल आदर्शका जेसिस पालले बताउनु भयो।

ताजा समाचार