सृजना सहकारीको २२औं वार्षिक साधारणसभा सम्पन्न

दोधारा : सृजना सहकारीको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘सहकारीको दिगोपनः स्वनियम र शुसानन’ भने नाराका साथ स्थापना भएको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेको २२ औं सधारण सभा सम्पन्न भएको छ । दोधारा चाँदनी– मा रहेको यस सहकारीले १ र २ गते १० स्थानमा एकाई भेला गरि मंंसिर ३ गते अन्तिम निर्णय प्रमाणिकरण भएको थियो ।

यस सहकारीले आर्थिक वर्ष ०७९/०८० को कुल वार्षिक मुनाफा रु ५३ लाख ५ हजार ४५ गरेको छ भने आर्थिक वर्ष ०८०/८१को लागि वार्षिक बजेट तथा योजना तर्जुमा रु. २६ करोड ३५ लाख ९४ हजार ३ सय २ स्वीकृती गरेको छ । उक्त
कार्यक्रममा ३८ जना उत्कृष्ट शेयरधनीहरुलाई सम्मान गरियो । २०७९/८० का लागि नवराज उपाधयाय र नरसिह धामीलाई उत्कृष्ट कर्मचारी पुरुष्कार सहित सम्मान गरियो । सहयोगि निकायहरुलाई पनि सम्मान गरिएको थियो । यस वर्षको शेयर वोनश सबैको खातामा हालि नगद वितरण गर्ने निर्णय गरियो।

कार्यक्रममा संस्थाका अध्यक्ष दमन बहादुर सिहको सभापतित्वमा, कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य बेल बहादुर राना र विशिष्ट अतिथीमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. पान सिंह ठगुना रहनु भएको थियो ।

ताजा समाचार